देउवाले बोलाए धुम्बाराहीमा शीर्ष नेतासहित पदाधिकारीको आकस्मिक बैठक
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार १९:५४:३६
२८ पुष, काठमााडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धुम्बाराही निवासमा शीर्ष नेताहरुसहित पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । प्रतिपक्षमै बस्ने गरी सरकारलाई विश्वासको मत दिएको विषयले कांग्रेसमा तीव्र असन्तुष्टि फैलिएका बेला सभापति देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएको विषयले कांग्रेसमा संस्थापनइतर समूहका दोस्रो तहका नेताहरू असन्तुष्ट बनेर आलोचना गरिहेको बेला देउवाले पदाधिकारीमा नभएका नेताहरुलाई पनि बोलाएको बताइएको छ । बिहीबार दिउँसो आफ्नो निवास धुम्बाराहीमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ । पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि चौतर्फी आलोचना भएको छ ।
आलोचनाकै बीचमा कांग्रेसले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्नुको कारणबारे जानकारी दिन पदाधिकारी बैठक बोलाइएको हुनसक्ने अनुमान गरिएको छ । आगामी ५ माघमा प्रतिनिधिसभाको सभामुखको निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार