गृहमन्त्रीको निर्देशनमा १७ डीआईजीको सरुवा, प्रदेश प्रमुख पनि फेरिए
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २०:३२:३६
२८ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिन नसकिरहेका बेला आकस्मिक रुपमा नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरु को काज सरुवा गरिएको छ । प्रदेश सरकारले मुख्यमन्त्री पाए लगत्तै केन्द्रले यति ठूलाे संख्यामा डीआईजीहरुको काज सरुवा गरेको हो ।
नयाँ गृहमन्त्री आएपछि गरिएको यो पहिलो सरुवा हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि काम कारवाही हस्तक्षेप मुक्त हने भनिरहेका बेला उनकै इच्छामा डीआईजीहरुको काज सरुवा र प्रदेश प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको बताइएको छ । सरुवामा राजनीतिक प्रभाव परेको भन्दै प्रहरीभित्र असन्तुष्टि पनि बढेको बताइन्छ ।
बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद ढकाल कर्णाली प्रदेश पुगेका छन् ।
प्रहरी प्रधान कार्यालयका डीआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा खटाइएका छन् । अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज गुरुङले पाएका छन् । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी पाएका सिंहले निर्मला पन्त बलात्कार घटनाबारेको अनुसन्धान पनि अगाडि बढाउनु पर्नेछ ।
प्रदेश १ प्रहरी कार्यालय, विराटनगरको नेतृत्व श्यामलाल ज्ञवालीले पाएका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्वमा थिए । विमानस्थलमा किरण राणा खटाइएकी छन् । विशेष ब्यूरोमा सुदीप गिरी पुगेका छन् । प्रहरीका डीआईजीहरुको सरुवाले नेपाल प्रहरीमा यतिबेला खैलाबैला मच्चिएको छ ।
हेर्नुस को कहाँ सूचीसहितः-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बिमा ऐन संशोधन, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार