शेयरबजार ४१.०४ अंकले घट्यो, ५ अर्बभन्दा बढीको कारोबार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २१:४१:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/share-market_G7vnZ2kCGs.jpg)
२८ पुष, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ । नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ ।
यसअघि मंगलबार शेयर बजार २१.३५ अंकले घटेको थियो भने ७ अर्ब बढीको सेयर कारोबार भएको थियो । बुधबार(पुष २७ गते) भने पृथ्वी जयन्ती परेकाले सरकारले सार्वजनिक बिदा दिएको कारण नेप्से बन्द भएको थियो ।
साथै, बिहीबार २५२ कम्पनीको कारोबार हुँदा १ करोड २२ लाख ८२ हजार ९५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार भएको छ । शिभम् सिमेन्टको सर्वाधिक शेयरकारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको शेयर बिक्री भएको छ । साथै दोश्रोमा रिडी पावर कम्पनीको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
कुमारी धनबृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी लिमिटेड १० प्रतिशतले मूल्य वृद्धि भएको हो । साथै बाराही हाइड्रोपावर र एनआइविएल समृद्धि कोषको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २१ कम्पनीमा उकलो लागेको छ भने १८४ कम्पनीमा ओरालो लागेको छ । एक कम्पनी भने स्थिर छ । आज १३ उपसूचकहरूमध्ये ट्रेडिङबाहेका सबै उपसूचकहरू राताम्मै भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन ६, २०८१ मंगलबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार