प्रभु साह र कर्णजित पार्टी एकता गर्न सहमत, नयाँ पार्टीको नाम आजपा रहने
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २१:३७:७
२८ पुष, काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र कर्णजीत बुढाथोकी ‘सुशिल’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)बीच पार्टी एकता हुने भएको छ ।
पार्टी एकतापछि नयाँ पार्टीको नाम भने आम जनता पार्टी नै रहने आजपाका प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए । उनका अनुसार अग्रगामी शक्तिहरुको ध्रुवीकरणको रुपमा विभिन्न राजनीतिक दलहरुसँग एकताको अभियानमा आजपा लागेको हो । आजपा हालसालै गठन भएको पार्टी हो ।
एमालेबाट विद्रोह गरी रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य ((सांसद) निर्वाचित भएकमा साह पूर्वमाओवादी नेता हुन् । अध्यक्ष बुढाथोकी पनि पूर्वमाओवादी नेता हुन् । तत्कालीन एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्दा विद्रोह गरेर उनले माओवादी समाजवादी गठन गरेका थिए । बुढाथोकी हुम्लाका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बिमा ऐन संशोधन, बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार