बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच शक्ति बाँडफाँटबारे छलफल
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २२:५८:२५
२८ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शक्ति बाँडफाँटबारे छलफल भएको छ ।
छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भएको जनाइएको छ । प्रचण्ड नेतृत्वको सरकारमा एमाले ठूलो सहयात्री दल हुन् ।
बधबार साँझ पनि ओली निवास भक्तपुरको बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो । आज दिउँसो सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डा लगायत विषयमा छलफल गर्ने भनिएपनि हुन सकेन । सरकारका तेस्रो घटक रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री एवं गहृमन्त्री रबि लामिछाने बिहीबार बिहान चितवन पुगेका छन् ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी माघ ५ मा हुँदैछ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पनि बाँकी नै छ । प्रदेश प्रमुखबारे पनि छलफल भएको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त जापानी राजदुत नेपाल आइपुगे
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार