सुदूरपश्चिमका मुख्यमन्त्रीका दाबेदार खगराज भट्ट मन्त्री नियुक्त
नेपालबहस संवाददाता
पुस २८, २०७९ बिहिबार २३:२१:४६
२८ पुष, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका दाबेदार रहेका नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद खगराज भट्ट मन्त्रीमा नियुक्त भएका छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका एमालेका राजेन्द्र सिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष आज शपथ लिएका छन् ।
उनीसँगै मन्त्री भट्टले शपथ लिएका छन् । एमाले कोटामा प्रदेश सांसद सन्तोषी शर्मा पनि मन्त्रीको शपथ लिएका छन् ।
सुदुरपश्चिममा सत्ता गठबन्धनका मुख्य दुई दल एमाले र माओवादी केन्द्रबी भएको आलोपालोमा पहिलो मुख्यमन्त्री एमालेको भागमा गरेपछि भट्ट मन्त्री नै बन्न तयार भएका हुन् ।
खगराज एमाले नेता लेखराज भट्टका भाइ हुन् । उनी डडेल्धुरा ‘क’बाट निर्वाचित सांसद हुन् । सशस्त्र द्वन्द्वका नेता समेत रहेका लेखराज नेकपा विघटन हुँदा माओवादी केन्द्रमा नफर्किइ एमाले बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार