ओलीलाई विश्वास दिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १६:१७:३६
२९ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सतरुढ दलको ठूलो शक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आशंकालाई मेटाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने देखिएको छ । प्रधानमन्त्रीप्रति आशंका गर्दै ओलीले मन्त्रिपरिषद्सँगै राष्ट्रपति र सभामुखको पनि लिखित सहमति हुनुपर्ने भन्दै दावा दिएको बताइएको छ । ओलीका कारण बिहीबार बस्ने भनेको सत्तारुढ दलको बैठक पनि बस्न नसकेको बताइएको छ ।
मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न बोलाइएको सत्तारुढ गठबन्धनको बैठकमा अरु दललाई नडाकि प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच मात्रै छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् विस्तार र सभामुख, उपसभामुख निर्वाचनलगायत विषयमा दाहाल र ओलीबीच भएको छलफलबारे बाँकी दल अनविज्ञ छन् । प्रधानमन्त्री प्रचण्डसँग छलफल र सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन एमाले अध्यक्ष ओली बिहीबार ४ बजेतिर बालुवाटार पुगेका थिए ।
गठबन्धनको बैठक भनेर प्रचार गरिए पनि सो छलफलमा अरु दललाई बोलाइएको थिएन । प्रचण्ड र ओलीबीचको छलफल सकिएपनि मन्त्रिपरिषद विस्तारबारे केही निर्णय भएन । पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका थिए । तर, अहिलेसम्म सरकारमा जाने तयारीमा रहेका र सरकारमा सहभागि भइसकेका दलहरुसँग प्रधानमन्त्रीले छलफल गर्न पाएका छैनन् ।
ओलीलाई मनाउन नसकेका कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्ता साझेदार दलहरूले मन्त्रालयको बाँडफाँट नै टुंगो लगाउन सकेका छैनन् । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच लगातार बुधबार र बिहीबार छलफल भए पनि मन्त्रालय भागबन्डा हुन सकेन ।
चैत १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले भोलिपल्ट शपथका दिन आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । तीन उपप्रधानमन्त्रीको जिम्मेवारी त्यति बेलै तोकिएकामा चार मन्त्री अझै बिनाविभागीय छन् । मन्त्रालय संख्याभन्दा धेरै र महत्वपूर्ण मानिएकामा बढी दाबी हुनाले पनि बाँडफाँट टुंग्याउन प्रचण्डलाई सकस परेको देखिन्छ । उता ओलीले मन्त्रालय मात्रै नभई एकमुष्ठ रूपमा शक्ति बाँडफाँट गर्नुपर्ने बताइरहेका छन् ।
बालकोटमा बुधबार करिब २ घण्टा एक्लाएक्लै वार्ता गरेका प्रचण्ड र ओलीले बिहीबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए । प्रधानमन्त्री दाहाल र सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक ओलीबीच सहमति नभएपछि बिहीबार साझेदार दलहरूबीच औपचारिक बैठक बस्न नसकेको माओवादीका एक नेताले जानकारी दिए ।
उनका अनुसार कांग्रेसले विश्वासको मत दिएपछि झस्किएको एमालेले मन्त्रिपरिषद् विस्तारमा थप अडान लिइरहेको छ । गृह र अर्थजस्ता महत्वपूर्ण मन्त्रालय पहिला नै साझेदार दलले लगेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब धेरै लचिलो हुन नसक्ने जनाउ दिएपछि ओली थप सशंकित भएको उनको भनाइ छ ।
यसबारे छलफल गर्न आज पनि सत्ता साझेदार दलहरूको बैठक केही बेरमा बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार