उपप्रधानमन्त्रीसहित राप्रपा सरकारमा जाने सहमति भएको छैनः प्रवक्ता श्रेष्ठ
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १७:१:३०
२९ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय लिएर राप्रपा सरकारमा जाने विषयमा कुनै पनि सहमति नभएको बताएका छन् । उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन दिएपनि अहिलेसम्म प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यो विषयमा सहमति नभएको बताएका छन् ।
नेपालबहससँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीमा सरकारमा जानुपर्ने र जान नहुने मत बराबर रहेको भन्दै हामीले राखेका केही माग सरकारका साझा कार्यक्रममा सम्बोधन भएपनि सरकारबारे कुनै सहमति नभएको दावी गरे । सत्तारुढ दलबीचत सहमति भएपनि पार्टीका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन वा अरु कसैले नेतृत्व गर्ने भन्नेबारे पनि निर्णय नभएको उनले बताए ।
प्रवक्ता श्रेष्ठले मन्त्रिपरिषद् विस्तारबारे हुने छलफलमा राप्रपालाई यसअघिका छलफलमा नबोलाइएको भन्दै मन्त्रिपरिषद विस्तारमा अझै केहिदिन लाग्ने सूचना आफुले पाएको बताए । उनले राप्रपाका केही मान्यता फरक रहेकाले ति विषयहरुमा सहमति भएपछि मात्रै सरकारमा जाने कुरामा छलफल हुने बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलबारे राप्रपालाई जानकारी नआएको उनको भनाइ छ ।
उनले भने, ‘उहाँहरुबीच भागबन्डाबारे मोटामोटी सहमति भएको होला र सो सहमतिलाई गठबन्धन बैठकबाट अन्तिम रूप दिने तयारी पनि भएको होला तर, हामीलाई जानकारी छैन् । सरकारमा जाने र मन्त्रालयाकाबारे हामीसँग छलफल भएको छैन् । पार्टीको कार्यसम्पादन समितिको जे कुरा भएको थियो अहिलेसम्म राप्रपा त्यसैमा सीमित छ ।’
राप्रपाको माग अनुसार नै सरकारले पृथ्वी जयन्तीमा बिदा दिएको थियो भने भ्रष्टाचार र सार्वजनिक सेवा प्रवाहलगायतका विषयमा पनि नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ । १४ सिट रहेको राप्रपाबाट सरकारमा जाने सहमति भए को–को मन्त्री बन्ने भन्नेबारेमा पार्टीमा छलफल गरेर अन्तिम निर्णय लिनसमेत बाँकी रहेको प्रवक्ताश्रेष्ठले बताए । पुस १० गते प्रचण्डले १७० सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्दा राप्रपाले पनि समर्थन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार