नेपाल क्लियरिङ्ग हाउसको एघारौं वार्षिक साधारण सभा सम्पन्न
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १८:१३:५४
२९ पुष, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७८/७९ को आफ्नो एघारौं वार्षिक साधारण सभा होटेल क्राउन इम्पेरियल, काठमाडौमा सम्पन्न गरेको छ ।
बैठकले ३८% बोनस शेयर वितरण गर्ने तथा बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात कम्पनीको चुत्ता पुँजी रु.७८३,३७५,७६८ बराबरको हनेछ ।
कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्नेछ ।
आ.व. २०७८/७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४०% ले बृद्धी भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५% प्रतिफल प्राप्त गर्न सफल भएको छ भने नेटवर्थ प्रति शेयर रु.२५५ कायम भएको छ ।
नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ ।
आ.व. २०७८/७९ मा ५९ सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ६,२१२ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ७३ गैर–बैंकिङ संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार