वैदिक अनुसन्धानमा काठमाडौं विश्वविद्यालय र महर्षि वैदिक फाउन्डेसनले सहकार्य गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १९:३२:१४
![](https://nepalbahas.prixacdn.net/media/albums/kU-vedix_Xg6bbFyU7p.jpg)
२९ पुष, काठमाडौं । काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनबीच वैदिक एवं आध्यात्मिक अनुसन्धान, प्रकाशन, शैक्षिक कार्यक्रम सञ्चालन तथा विज्ञ/विशेषज्ञ आदानप्रदानका लागि सहकार्य हुने भएको छ ।
सम्झौताअनुसार सनातन वैदिक दर्शन, सभ्यता संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पौरस्त्य भाषा, संस्कृति, साहित्य, रीतिथिति, परम्परा आदि विषयमा आवश्यक अध्ययन अनुसन्धान गराउन लागिएको हो । यसका लागि प्राज्ञिक पक्षमा विश्वविद्यालय र आध्यात्मिक सनातन वैदिक पक्षमा फाउण्डेसनले सहकार्य गर्नेछन् ।
वैदिक वाङ्मय, संस्कृत लगायत प्राचीन भाषा र लिपिमा थप अध्ययन, अनुसन्धान गर्न र अन्तर्राष्ट्रियकरण गरी संरक्षणसमेत गर्न विशेषज्ञ अनुसन्धानदाता आदान प्रदान गरिने भएको छ । योग, वैदिक यज्ञ, प्राकृतिक चिकित्सा, आयुर्वेद, औषधि चिकित्सा र परम्परागत उपचार पद्धतिमा आवश्यकताअनुसार संयुक्त अध्ययन र अन्वेषणात्मक कार्य गरिनेछ ।
फाउण्डेसनसँग आबद्ध विश्वका विभिन्न विश्वविद्यालय, शिक्षण संस्था, अनुसन्धान केन्द्र र काठमाडौँ विश्वविद्यालय तथा मातहतका निकायसँग पारस्परिक सहकार्यको वातावरण निर्माण गरिने सम्झौतापत्रमा उल्लेख छ । आवश्यकताकअनुसार दुवै स्थानमा समानस्तरका परिपूरक शैक्षिक एवं अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गरिनेछ । यसका लागि सम्बन्धित शिक्षक विद्यार्थी आदानप्रदान गरिनेछ ।
पारस्परिक सहकार्यबाट तयार गरिएका शोधप्रबन्ध, प्रकाशन संयुक्तरूपमा सम्पादन एवं प्रकाशन गरिनेछ । सहकार्य पत्रको समयावधि पाँच वर्षको हुनेछ । पाँच वर्षपछि आपसी सहमतिमा नवीकरण गरिने छ । सम्झौता पत्रमा विश्वविद्यालयका कार्यकारी निर्देशक प्रा डा सागरराज शर्मा र फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले हस्ताक्षर गरेको छ ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले आधुनिक ज्ञानलाई वैदिक ज्ञानसँग जोड्न सकेमा मात्र परिपूर्ण हुनसक्ने अनुभव गरेर सहकार्य अघि बढाएको बताए । कार्यक्रममा डा चिन्तामणि योगीले समारोहलाई सम्बोधन गर्दै वेदभन्दा ठूलो प्रमाण अरु केही छैन भन्ने महर्षि महेश योगीको उद्घोषलाई नेपालका सबै विश्वविद्यालयमा नेपाली परम्परा र वैदिक ज्ञानको पठनपाठन गराउन चेतनामा आधारित शिक्षाले मद्दत गर्ने बताए ।
फाउन्डेसनका अध्यक्ष पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाले वैदिक नेपाल निर्माणमा विश्वविद्यालयसँग सहकार्य गरी काम गर्न लागेको बताए । चेतनामा आधारित शिक्षासहित वैदिक मूल्यका विषयमा निरन्तर अध्ययन र अनुसन्धान गरिने विषय पनि सम्झौतामा रहेको उनले जानकारी दिए । महर्षि प्रणित भावातीत ध्यानबाट ज्ञानको ढोका खुल्ने भएकाले सबैले यसको अभ्यास गर्नुपर्ने अध्यक्ष बाँस्कोटाको भनाइ थियो । ध्यानबाट विश्वविद्यालय र वेदको ज्ञान हामीभित्र रहेछ भन्नेकुरा थाहा पाइने भएकाले यसको नियमित अभ्यास गर्नुपर्नेमा फाउन्डेसनले जोड दिँदै आएको छ ।
जगद्गुरु बाल सन्त मोहनशरण देवाचार्यले महर्षि महेश योगीको नेपाल आगमनको ऐतिहासिक महत्व रहेको चर्चा गर्दै मेरो होइन मेरा गुरुको भक्ति गर भन्ने महान् आदर्शलाई सबैले आत्मसात् गर्नुपर्ने बताए । नेपाल प्राचीन वैदिक राष्ट्र भएकाले यहीँ प्राचीन १२ ज्योतिर्लिङ्ग रहेको शास्त्रीय प्रमाण आफूसँग रहेको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभविष्यमा विश्वविद्यालय शिक्षासमेत निःशुल्क गर्न सकिनेछ : प्रधानमन्त्री
फागुन ४, २०८१ आइतबार
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार