‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि कार्ड खरिद गर्दै विभाग
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार १९:५१:३
२९ पुष, काठमाडौं । यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ ।
कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ । सबै प्रक्रिया पूरा गरेर ल्याउन चार÷पाँच महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यकपर्ने सङ्ख्यामा भने विभागसँग कार्ड बाँकी रहेको छ । उनले भने, “तत्काल छाप्नलाई अभाव छैन र यो सकिँदासम्म अर्को आइपुग्छ भन्नेछ ।”
अहिले अघि बढाइएको खरिद प्रक्रियाबाट १२ देखि १५ लाख कार्ड खरिद हुन लागेको विभागले जनाएको छ । अझै बढी खरिदका लागि थप रकमको पहल भइरहेको सूचना अधिकारी पनेरुले बताए । उनले भने, “अहिले उपलब्ध बजेट जतिको कार्ड खरिद गर्न आह्वान भएको छ, अझै थपिएमा बढी कार्ड किन्न सकिन्छ ।”
हालसम्म चालक अनुमतिपत्र छपाइका लागि एउटा मात्रै ‘मास प्रिन्टर’ रहेकामा अर्को एउटा खरिदका लागि विभागले प्रक्रिया अघि बढाइसकेको छ । दुई ‘मास प्रिन्टर’ ले छाप्दा अहिलेभन्दा दोब्बर छापिने र अहिलेको कार्डले नपुग्नसक्ने उनले बताए । अहिले झण्डै सात लाख अनुमतिपत्र छाप्न बाँकी रहेकामा विभागले दुई उपकरणमार्फत त्यो छापिएर सक्ने गरी योजना बनाएको छ ।
विभागले कार्ड खरिदका लागि सूचना भर्खर प्रकाशित गरेको छ । वर्षभरलाई पुग्ने अनुमान गरिएको भए पनि नवीकरण, नयाँ, प्रतिलिपि सबैका लागि चाहिने हुँदा अझै बढी चाहिने उनले बताए । उनले भने, “बढी हुँदा खेर जाँदैन, तर नेपालको खरिद प्रक्रिया लामो हुनेहुँदा किन्दा धेरै गर्नसके हुन्थ्यो भन्ने छ ।”
विगत वर्षहरुमा उपकरणको क्षमता कमीले मात्रै होइन कार्डको अभावका कारण समेत अनुमतिपत्र छपाइ सुस्त रहेको थियो । केही वर्षयता विभिन्न समस्याका कारण सेवाग्राहीले सजिलोरुपमा अनुमतिपत्र पाइरहेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार
रामेछापमा गाडी दुर्घटना: ५ जनाको मृत्यु, जनप्रतिनिधि पनि परेको आशंका
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार