भूमि आयोगका अधिकृत पोखरेलविरुद्ध १ करोड बिगोसहित भ्रष्टाचार मुद्दा
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २०:३५:३०
२९ पुष, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध १ करोड ६ लाख रुपैयाँ बिगोदाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पोखरेलविरुद्ध शुक्रबार १ करोड ६ लाख ३३ हजार ३ सय ३९ रुपैयाँ ९२ पैसा बिगो कायम गरेर शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो । अख्तियारले पोखरेलकी पत्नी बिमला न्यौपाने पोखरेलाई पनि प्रतिवादी बनाएको छ । आरोपित पोखरेलले बिमलाका नाममा राखेका घरजग्गा, शेयर खरिद तथा बैंक खाताहरुमा मौज्दात रकम पनि जफत गर्नुपर्ने मागदावी लिएको छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारामा निमित्त प्रमुख रहँदा अख्तियारले पोखरेलमाथि अनुसन्धान थालेको थियो । अनुसन्धान थालेपछि पोखरेल सरुवा भएर भूमि आयोगमा पुगेका थिए । हाल आयोगमै कार्यरत रहेका बेला उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा अख्तियारले मुद्दा दायर भएको हो ।
अख्तियारले पोखरेल सरकारी सेवामा प्रवेश गरेको मिति २०४६ असारदेखि २०७८ फागुन १५ को अवधिमा उनी र परिवारका नाममा रहेको चलअचल सम्पत्तिमाथि अनुसन्धन सकेर मुद्दा चलाएको हो ।
भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ ।
अनुसन्धानका क्रममा अख्तियारले ४ करोड ३७ लाख ८८ हजार ४ सय २ दश पैसा बराबरको चलअचल सम्पत्ति फेला पारेकोमा ३ करोड ३१ लाख ५५ हजार ६२ रूपैयाँ १९ पैसाको मात्रै स्रोत खुलेको र बाँकीको स्रोत नखुलेको भन्दै बिगो कायम गरी कैद सजायको माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से २.६९ अंंकले बढ्यो
माघ २, २०८१ बुधबार
एनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
ओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार