मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण, एक साताभित्र विश्वासको मत लिने
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २२:१७:३५
२९ पुष, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् ।
शुक्रबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
उनी जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा जसपाकाे बलियाे संख्या रहेकाे छ । यहाँ जसपा र जनमत पार्टीबीच पाँच वर्षे कार्यकालमा आधाआधा समय सरकार चलाउने सहमति भएकाे छ ।
पदभार ग्रहण गर्दै उनले एक साता भित्र मन्त्रिपरिषद् विस्तार गर्ने र विश्वासको मत लिने बताए । उनले विधुतीय शासनको गुरुयोजना तयार गर्ने निर्णयमा गरेका हुन् । मुख्यमन्त्री यादवले आफ्नो कार्यालयमा सर्वसाधारणका लागि गुनासो पेटिका राख्ने बताए ।
शुक्रवार मुख्यमन्त्री यादवसहित चारजना मन्त्रीले शपथ ग्रहण गरेपनि उनीहरुको मन्त्रालय तोकिएको छैन । सत्तारुढ दलहरबीच मन्त्रालयको भागबण्डामा सहमति हुन नसक्दा प्रदेशमा समेत असर देखिन थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना
पुष २९, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार