सडकको अवस्था बुझन पहिलोपटक सडक डिभिजनको टोली उपल्लो डोल्पामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
पुस २९, २०७९ शुक्रबार २३:४७:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/dolpa_N67XnZJVji.jpg)
२९ पुष, सुर्खेत । भेरी करिडोरभित्र रहेको जाजरकोट दुनै, मरिम तिन्जे धो, लासीक्याप सडक खण्डको काममा गुणस्तर हेर्न सडक डिभिजन चौरजहारीको टिम खटिएको छ ।
यस खण्डको सडकको समाचार प्रकाशित भएपछि डिभिजन प्रमुख आँसुतोष कर्णसहितको टोली स्थलगत अनुगमणमा डोल्पा पुगेको हो । ११८ किलामिटर जाजरकोटबाट दुनै सम्मा सडक भेरी करिडोरभित्र पर्छ । मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक रहेको छ ।
मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटर सडक निर्माणको ट्याक ओपनको काम भइसकेको छ । दुनै–ल्यासिक्याप ५५ किलोमिटर रहेको छ । डोल्पाको सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माण कार्यसमेत सडक डिभिजन चौरजहारीमार्फत नै भइरहेको छ ।
यो सडक खण्डमा कामको सम्झौता गरेपनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली डोल्पा पुगेको हो । २०७८ चैतमा सूर्या श्रेया शान्तिदेबी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।
अहिले जाजरकोटको भेरी नगरपालिका –४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लु सम्मा सडक स्तरोन्नती ९पिच० को लागि ठेक्का भएर यति बिल्ड्रसले काम गरिरहेको छ । यो त्रिदेशीय सडक समेत रहेको छ । कर्णाली प्रदेशको हुँदै लम्बिनी प्रदेशको नेपालगन्ज जमुनाह नाँका समेत जोड्ने गर्दछ । भेरी करिडोर निर्माण भएमा भारतको रोपैडियाबाट चिनको तिब्बतसँग यसको सिधा सडक जोडिने छ ।
जाजरकोटदेखि दुनै सम्मा अस्थायी ट्याक नेपाली सेनाले सडक निर्माण गरेको हो । अहिले स्तरोन्नतीको काम सडक डिभिजन चौरजहारीले गरीरहेको छ । रणनीतिक सडक भएकाले कामलाई गती दिन अनुगमणको पाटोलाई कडाइका साथ लिइएको सडक डिभिजन चौरजहारीका प्रमुख आँसुतोष कर्णले बताए ।
चौरजहारीबाट दुनै सम्मा कार्यालयको गाडीमा पुगेको कर्णको टोलीले माथिल्लो डोल्पामा पैदल यात्रा गरेर सडकको अवस्था र कामको प्रगती हेर्न लागेको हो । त्यस्तै भेरी करिडोरमा निर्माणधिण सडकको समेत अनुगमण गरिएको छ । सर्बाधिक समस्यको रूपमा रहेको दुनै देखि लासिक्याप सम्माको सडक निर्माणमा समस्य हुने गरेको छ । हिउँद याममा अत्यधिक चिसोका कारण काम गर्न मुस्किल हुने गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार