साम्राज्ञीका अन्तर्मनका कुरा, ‘एभरेष्ट बेसक्याम्प जाने मन छ’
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार १७:१५:५०
३० पुष, काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विद्यालय उमेरमा अधिकांश समय होस्टलमै बिताइन् । होस्टलको चौघेरामा बस्नुपर्ने बाध्यताले घुम्ने अवसर कमैमात्र जुर्यो । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा पाइला चालेपछि मात्र साम्राज्ञीले नेपाल दिल खोलेर घुम्न पाइन । मनाङ र मुस्ताङबाट घुम्न सुरु भएको उनको यात्राले पहाड र तराई पनि छिचोलिसकेको छ ।
साम्राज्ञी फिल्मकै सुटिङका लागि मनाङ, मुस्ताङ, पोखरा, तिलिचो ताललगायतका स्थानमा पुगिसकेकी छन् । ‘मलाई अब एभरेष्ट बेसक्याम्प जाने मन छ । फिल्मको कामबाट फुर्सद पाउनासाथ जाने सोच बनाएकी छु । विश्वकै अग्लो स्थान भएकाले पनि त्यहाँ जीवनमा एकपटक पुग्न मन छ’, उनी भन्छिन्, ‘म नेपालमै जन्मेर त्यहाँ पुगेको छैन । तर त्यहाँ पुग्नकै लागि विश्वबाट मान्छे आउँछन् । सायद उनीहरू आएको देखेर पनि हो कि मलाई त्यहाँ जाने लोभ एकदमै छ ।’
साम्राज्ञीले विदेशको हकमा जापान, लण्डन, अष्ट्रेलिया र फिलिपिन्स घुमिसकेकी छन् । शुक्रबारबाट हलमा प्रदर्शनरत फिल्म ‘तिम्रो मेरो साथ’को प्रिमियरका लागि उनी अमेरिका जाने तयारीमा छिन् । यसबाहेक अमेरिकामै हुन लागेको नेफ्टा अवार्डमा पनि उनी उपस्थिति जनाउँदैछिन् ।
साम्राज्ञीलाई इटाली र ग्रीस एकदमै जान मन लागेको देश हो । ‘ग्रीस इतिहासले गर्दा घुम्न जान मन लागेको ठाउँ हो । ग्रीसको इतिहासका बारेमा स्कुल र कलेजमा पढेकी छु । त्यसबारे थप अध्ययन गर्न पनि मलाई त्यहाँ पुग्न मन छ’, साम्राज्ञी खुल्छिन्, ‘इटाली चाहिँ आफैंमा कलरफूल देश हो । यो देश ब्राइट, रोमान्टिक र फिल्मी शैलीको लाग्छ । त्यसकारण यहाँ पनि पुग्ने मन छ ।’
घुमन्ते बानीले आफ्नो जीवनमा केही परिवर्तन आएको अनुभव साम्राज्ञीमा छ । दिमागमा कुनै कुरा नराखी घुम्नाले पनि आफू समाज र स्थानीयसँग घुलमिल भएको उनको दाबी छ । ‘म केही सीमा निर्धारण नगरी घुम्छु । किनकी सीमा निर्धारण गर्दा नयाँ कुरा हेर्न पाइदैन ।
त्यसकारण खुला दिमागले घुम्न रुचाउँछु’ उनी भन्छिन्, ‘घुम्दा धेरै कुरा सिक्न पाइदो रहेछ । ‘ए यस्तो पनि हुन्छ ?’ भन्ने धेरै कुरा देख्न पाएकी छु । मैले खानेकुरामा परिवर्तन पाएकी छु । फरक फरक स्थानका खानाले स्वाद पनि फेरिदिएको छ । मैले पहिलो पटक मुस्ताङमा सिस्नो खाएको थिएँ । त्यहाँको होटलको दिदीले दुधमा हालेर सिस्नो दिनुभएको थियो । घुम्दाको अर्को फाइदा भनेको स्थानीयको बोली र व्यवहारलाई नजिकबाट बुझ्नु पनि हो ’
फिल्मको सुटिङ हेर्न भीड नलाग्ने कुरै हुँदैन । त्यो भीडले साम्राज्ञीको घुम्ने कामलाई अवरोध गरेको छैन । ‘फिल्म सुटिङबाहेकको भीडमा म जादिनँ । गएको अवस्थामा पनि नचिन्ने गरी स्कार्फ, टोपी लगाएर अलग्गै बस्छु । कसैले मलाई चिन्नु भएर फोटो खिच्न अनुरोध गर्नुभयो भने त्यसमा स्वीकृति दिन्छु’, उनी भन्छिन् ।
साम्राज्ञीले बाल्यकालमा केही समय भाई र साथीसँग घुम्ने अवसर पाइन् । अहिले उनको भाई अध्ययनरत रहेकाले घुमाईको कारण भाईको पढाईमा अवरोध नहोस् भन्ने उनको चाहना छ । सोहीकारण अहिले फुर्सदमा उनी साथीभाईसँग घुम्न निस्किन्छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार