ओली र प्रधानमन्त्रीबीचको निरन्तर छलफलबारे चारदल बेखबर
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार १८:१०:२६
३० पुष, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा ६ दल सहभागि छन् । तर, मन्त्रिपरिषद् विस्तारसहितको विषयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेका निरन्तर छलफलबारे उनीहरुलाई जानकारी छैन् । मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको भागबण्डा मिलाउन भनेर भइरहेका छलफलमा सहभागि हुन सरकारमा जान आतुर दलहरु कुरिरहेका छन् ।
सत्ता गठबन्धनमा रहेका अरु दलहरुलाई प्रधानमन्त्री प्रचण्डले बोलाउन चाहिरहेपनि एमाले अध्यक्ष ओलीले विषयहरु सार्वजनिक हुने भन्दै अरुदललाई बोलाउन दिएका छैनन् । प्रधाानमन्त्री प्रचण्डले विश्वासको मत लिएकदेखि अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्ड निरन्तर छलफल गरिरहेका छन् । त्यसयता एक दिन प्रचण्ड बालकोटा पुगेका थिए भने बाँकी दिनका छलफलका लागि ओली बालुवाटार धाइरहेका छन । आज शसनिवार पनि अध्यक्ष ओली बालुवाटार पुगेका छन । तर, मिन्त्रीपरिषद विस्तारको खिचडी पाकेको छैन् ।
पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डसहित मन्त्रिपरिषद्का ८ सदस्यले पुस ११ गते शपथ ग्रहण गरेका थिए । ६ दलीय सत्ता गठबन्धनमा विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत प्राप्त गरेपनि मन्त्रालय बाँडफाँटको विषयमा एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न सकेको छैन् । पहिले दुवै नेताहरुबीच सहमति भएपछि मात्रै गठबन्धनको बैठक बस्न भन्दै ओलीले प्याकेजको सहमतिमा हस्ताक्षर गराउने प्रयास गरिरहेका छन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि ओली उनीप्रति सशंकित छन् । उनलाई राष्ट्रपतिमा प्रधानमन्त्री प्रचण्डले धोका दिनसम्ने आशंका छ । ओली आफै राष्ट्रपतिको उमेदवार हुन चाहिरहेका छन् । तर, ओलीलाई राष्ट्रपपतिमा जानबाट रोक्ने प्रचण्डको रणनीति छ । यसैले पनि मन्त्रिपरिषद् विस्तारसहितको विषयमा प्रचण्ड र ओलीबीच दैनिक जस्तो भएका छलफल निष्कर्षमा पुग्न सकेका छैनन् ।
चारदललाई बाहिर राखेर भएरहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रालय बाँडफाँटमा नै कुरा नमिलेको नेताहरु बताउाँछन् । ओली प्रचण्डसँग मन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख र उपसभामुखलगायतमा प्याकेजमै सहमति गर्ने पक्षमा छन् । यसका लागि प्रचण्ड र ओली अन्य सत्तासाझेदार दललाई छलफलमा आउन दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार