प्रदेश १ को उपसभामुखमा एमालेकी दनुवार निर्वाचित
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार १९:३४:९
३० पुष, विराटनगर । नेकपा एमालेकी प्रदेश सांसद सृजना दनुवार प्रदेश १ को उपसभामुखमा निर्वाचित भएकी छन् । दनुवारलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ९३ सदस्यीय प्रदेशसभामा उपस्थित सभामुख बाहेक ९० प्रदेश सांसदमध्ये ५७ ले पक्ष र ३३ ले विपक्षमा मत दिएका थिए । दनुवारलाई उपसभामुख बनाउने प्रस्ताव बहुमतले पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गरेका थिए ।
सत्तारूढ एमालेकी मिना श्रेष्ठ मत दिनबाट बञ्चित भइन् । सभामुख गौतमले जनाउ घन्टी लगाउन दिएको समयभित्र प्रदेशसभा सदस्य श्रेष्ठ समयमा भित्र नपसेकाले बाहिर बस्नुपरेकाले मत विभाजनमा सहभागी हुन पाइनन् । सत्तारूढ एमालेका अर्का एक जना प्रदेश सांसद मत विभाजन प्रक्रियामा सहभागी हुनबाट बञ्चित भएको बताइएको छ ।
उपसभामुख निर्वाचनमा दनुवारको पक्षमा मत राख्न एमालेले ह्विप लगाएको अवस्थामा उनीहरू मत विभाजन प्रक्रियामा सहभागी हुनबाट बञ्चित भएका हुन् । प्रतिपक्षी दलबाट कांग्रेसकी प्रदेश सांसद लिला राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५७ मत प्राप्त भयो । राईलाई उपसभामुखमा निर्वाचित गराउने प्रस्ताव बहुमतले अस्विकृत भएको सभामुख गौतमले घमेषणा गरेका छन् ।
सभामुख गौतमले समय दिएपछि दनुबारलाई उपसभामुखमा निर्वाचित गराउन एमालेका प्रदेश सांसद तिलचन पाठकले सदनमा प्रस्ताव पेस गरेका थिए । उनको प्रस्तावमाथि माओवादी केन्द्रका प्रदेश सांसद नारायणबहादुर मगरले समर्थन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार