सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन साँझ ६ बजे
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार २१:४८:८
३० पुष, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज साँझ ६ बजेका लागि आह्वान गरिएको छ । बैठकमा सभामुखको निर्वाचन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सुदूरपश्चिममा सभामुखका लागि कांग्रेसका मानबहादुर रावल र माओवादी केन्द्रका भीम भण्डारी उम्मेदवार रहेका छन् । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार पनि निर्वाचन गरिएको थियो । तर, निर्वाचनमा दुई वटै उम्मेदवारले बहुमत जुटाउन सकेका थिएनन् । बिहीबार मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए, भने भीम भण्डारीले २७ मत प्राप्त गरेपनि एक मतबदर भएको थियो ।
सभामुखको निर्वाचन कार्यतालिका सहित शुक्रबार ११ बजेका लागि पनि बैठक आह्वान गरिएको थियो । तर, प्रदेश सभाको अध्यक्षता गरिरहेका जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले कानूनी परामर्श लग्नु पर्ने भन्दै शुक्रबार बोलाइएका बैठक स्थगित गरेका थिए । उनले शुक्रबार दोश्रो पटकका लागि पनि बैठक आह्वान गरेनन् ।
जेष्ठ सदस्यले बैठक स्थगित गरेपछि सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुले २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबार साँझ बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गरेका थिए । सत्तारुढ दलको दबाबपछि आज (शनिबार) बिहान बसेको कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पछि साँझ ६ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए ।
संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिममा २ माघसम्म सभामुख चयन भइसक्नुपर्ने छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्रै सभामुख चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधानअनुसार २ माघमा प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन पूरा हुनेछ । २ माघभित्र सभामुख चयन नभए संवैधानिक जटिलतातर्फ प्रदेशसभा धकेलिनेछ
सभामुखको जिम्मेवारी सम्हालेका व्यक्तिनै उपस्थित नभएपछि प्रदेशसभा सचिवालयले शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थिगित भएको सूचना टाँसेको थियो । बैठक अनिश्चित कालका लागि स्थिगित गरेपछि शत्तारुढ दलहरु सभामुखको भूमिका प्रति सशंकित बनेका छन् ।
‘खासगरी प्रदेशसभाको पहिलो बैठक बसेको ३० दिनभित्र प्रदेश सभाबाट सभामुख चयन भइसक्नुपर्ने हो,’ प्रदेश सभा सदस्य तथा एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले भने, ‘त्यो मिति २ माघमा सकिंदैछ, त्यसपछि के गर्ने भन्ने संविधानमा उल्लेख छैन, सभमुखका कारण हामी संवैधानिक जटिलतातर्फ गइरहेका छौं ।’ शुक्रबार ११ बजेपछि सभामुख भट्ट सम्पर्कमै नआएका उनले बताए ।
माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित शुक्रबारनै प्रदेशसभा बैठक आह्वान गरी सभामुख चयनको कार्यसूची पेश गर्न प्रदेश सभा सचिवालयलाई आग्रह गरिएको पाठकले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
नेपाली सेनाद्वारा 'प्रेसर कुकर बम' निष्क्रिय
पुष ५, २०८१ शुक्रबार
एसिया कप क्रिकेटः नेपाल बङ्गलादेशसँग पराजित
पुष ५, २०८१ शुक्रबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार