नेतृत्व परिवर्तन नगरेसम्म राजनीतिक स्थायित्व सम्भव छैनः महामन्त्री थापा
नेपालबहस संवाददाता
पुस ३०, २०७९ शनिबार २२:२७:१२
३० पुष, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि सबैभन्दा पहिले नेतृत्व परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । उनले अहिले दल र देशको नेतृत्व गरिरहेका नेताहरु नेतृत्वमा रहेसम्म राजनीतिका स्थायित्वको कल्पनासम्म गर्न नसकिने बताएका छन् ।
रामकृष्ण भण्डारीद्वारा लिखित ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालिबेली’ पुस्तक सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा महामन्त्री थापाले नेपालको राजनीतिलाई तीन पूर्वप्रधानमन्त्रीले खेलको अखडा बनाएर एकले अर्कालाई पर्छाने काम गरिरहेको बताए । अहिलेको नेतृत्व सत्ता प्राप्तिका लागि जुनसुकै सम्झौता गर्न पनि तयार रहेको उनको दावी थियो।
थापाले राजनीतिको नेतृत्व परिवर्तन हुन नसक्दा आम नेपाली र सिंगो देशले समस्या भोगिरहनुपरेको दाबी गरे । उनले कांग्रेसमा मात्र नभएर अरु दलमा पनि यही नेतृत्व रहेसम्म र उनीहरुलाई ताला चाबी दिएसम्म देश यस्तै खिचातानीमा चलिरहने बताए । नेताहरु देशको आवश्यकता र जनताको चाहनाभन्दा व्यक्तिवादी र स्वर्थको सीमाभन्दा बाहिर आउन नसकेको बताए ।
थापाले भने,‘ अहिले नेपालको राजनीतिमा तीन पूर्वप्रधानमन्त्रीहरुले गेम खेलिरहनुभएको छ । कहिले, कसले, कसलाई र कसरी पछार्ने भन्ने । त्यसले गर्दा नेपालको राजनीति यतिबेला तीन भूतपूर्व प्रधानमन्त्रीको अखडा जस्तो भएको छ । आइतबार एउटा भूतपूर्वले अर्कोलाई पछार्नु भयो । सोमबार अर्को भूतपूर्वले अर्कोलाई । मंसिर ४ देखि यहाँसम्म आइपुग्दा कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई फल हान्यो भन्ने मात्रै देखिन्छ । देश र जनताका बारेमा उहाँहरुको ध्यान छैन् ।’
उनले पार्टी र सत्तामाथि नेताहरूले कब्जा जमाएर बसेको आरोप लगाए । नेताले नीति नमान्ने भएकाले एक ठाउँमा नभएर हरेक ठाउँमा समस्या भइरहेको थापाको भनाइ छ । राजनीति सत्ताका लागि हो भनिने तर प्रश्न सत्ता केका लागि भन्ने स्पष्ट नभएको उनको भनाइ छ । महाकालीदेखि एमसीसीसम्म सत्ता प्राप्तिमा मिल्ने र प्राप्त भएपछि फरक व्याख्यामा उत्रने नेताहरुको व्यवहार अब अति भइसकेको बताए ।
बहुदलीय र संसदीय व्यवस्थामा खेल खेल्दा नियमभित्र बसेर नखेलिएको र संस्था बलियो बन्न नदिँदा समस्त प्रणालीले सही काम गर्न नसकेको उनको भनाइ छ । मुलुकको राजनीतिक अवस्था छिनछिनमा बदलिइरहेको भन्दै थापाले भने, ’कुन भूतपूर्व प्रधानमन्त्रीले कुन भूतपूर्व प्रधानमन्त्रीलाई छिर्के हान्छ भन्ने भर नै छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार