दुर्घटनाग्रस्त जहाजमा सवार ७२ मध्ये १५ विदेशी, ३ बालबालिका (नामावालीसहित)

नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार १९:०:२४

१ माघ, काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा ७२ जना सवार रहेको खुलेको छ । नेपालबहसलाई प्राप्त यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।
काठमाडौंबाट ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट उद्धार कार्य जारी छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ३५ जनाको शव फेला पारिएको र अरुको खोजीकार्य जारी रहेकाे बताए ।
काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर यति एयरलायन्सको जहाजमा सवारहरुमा किशन आचार्य, निशान्त आचार्य, शालिग्राम आचार्य, सादाकात एलिमिया, भिक्टोरिया अलतुनिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुवँर, एलिना बन्दुरो, एनिशा बानियाँ, श्लोक भट्ट, निरा छन्त्याल, रुवान कलुम क्रिघ्टोन, आशिमा गुरुङ, अनुशा गुरुङ रहेका छन् ।
यस्तै बेलमान गुरुङ, विजयकुमार गुरुङ,जीवनकला गुरुङ, माया गुरुङ, रक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यश्मिन गुरुङ, रबिन हमाल, आईएनएफ, आईएनएफ, एलेक्जेन्डर इष्डोर, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले, सीताकुमारी खडका,भगवती कुवँर, अभिषेक कुशवाह, मेरोन लभ, इउरिइ लेगिन, भिक्टोर लेगिन रहेको छन् ।
यस्तै विमानमा ओममाया गुरुङ, जेन्नेतस्याण्ड्र पालाभेकिनो, सुष्मा पाण्डे, हरि परियार, क्रिष परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पूजन राना, सबिन राना, सबिना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगीता शाही, आयुर्धी शर्मा, बेबी शर्मा, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. सोना दिवाकर, राजु सिंह ठाकुरी, चुडा थापा, गणेश थापा, लवराज तिमिल्सना र सांग्योन युको सवार रहेको खुलेको छ ।
चालक दलका सदस्य
कमल केसी
ऐ खतिवडा
के राना
एसआर ठकुरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
फागुन ८, २०८१ बिहिबार
बल्खु तरकारी बजार नजिकै टहराभित्र एक व्यक्तिको हत्या
फागुन ७, २०८१ बुधबार
मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव आज नेपाल ल्याइने
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
फागुन ८, २०८१ बिहिबार
संविधानसभा सदस्य सापकोटाको निधन
फागुन ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ८, २०८१ बिहिबार