पोखरा विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार १९:२९:५८
१ माघ, काठमाडौं । पोखरामा दुर्घटना भएको विमानमा पाँच भारतीयसहित १५ जना विदेशी नागारिक सवार रहेको खुलेको छ । आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिकबाहेक ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु थिए । जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयष्क थिए ।
दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटीआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २६ जनाको शव संकलन गरिएको बताइएको छ ।
अहिले पनि उद्धारकार्य जारी रहेको छ । स्थानीयहरूले भने दुर्घटनास्थलबाट आगोको मुस्लो निस्किरहेको भिडियो सार्वजनिक गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार