२५ वर्षे व्यवसायिक यात्रामा यतीका १४ विमान परे दुर्घटनामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार २०:१०:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/1668594596_website_eJiw8iPEKW.jpg)
१ माघ, काठमाडौं । आइतबार पोखरामा भएको दुर्घटना यती एयरलान्सको कम्पनीको १४ औँ दुर्घटना हो । यसअघि उसका १३ वटा विमान दुर्घटनामा परेका छन् । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान दुर्घटना यती समूहको २५ वर्षयता भएको १४ औं हवाई दुर्घटना भएका नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकारणले हवाइ दुर्घटनाबारे रेकर्ड राख्दै आएको छ ।
दुईवटा टुइनअटर विमानबाट २०५५ जेठमा स्थापना भएको यती एयरलायन्सले २५ वर्षयता आफ्ना दुई जना सञ्चालक दाजुभाइसहित १३ वटा हवाई दुर्घटनामा चालकदलका सदस्य र यात्रुसहित १३० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । धेरै हवाइ दुर्घटना बेहोर्नु परेपछि यतीले दुर्गम उडानका लागिभन्दै १३ वर्षअघि अर्को कम्पनी तारा एयर स्थापना गरेको थियो । तारा स्थापना भएयता ६ वटा दुर्घटना भइसकेका छन् ।
२४ वर्षयता यती र दुर्गम उडानका लागि स्थापना गरिएको सहायक कम्पनी तारा एयरसमेत गरी पर्यटन व्यवसायी लाक्पा सोनाम शेर्पाको कम्पनीले १४ वटा हवाई दुर्घटना बेहोरिसकेको छ । कुल १४ वटा घटनामा यती समूहले आफ्नै कम्पनीका विमानमा मानवीय क्षति भएका ७ वटा दुर्घटना बेहोरिसकेको छ । यसमा तीनवटा तारा र चारवटा यतीसँग सम्बन्धित छन् । बाँकी ७ वटा घटनामा यात्रु घाइते भए पनि कुनै मानवीय क्षति भने भएको छैन् ।
कुल १४ वटा घटनामा दुर्गम तथा हिमाली भेगमा मात्रै यो समूहले ११ वटा घटना बेहोरिसकेको छ । अधिकांश दुर्घटनामा यती समूहले वरिष्ठ तथा विज्ञ पाइलटहरू गुमाएको तथ्यांकमा देखिन्छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।
नागरिक उड्डयन प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट अनुसार पोखरामा व्यवसायिक उडान अन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो । आज भएको दुर्घटनामा अहिलेसम्म ३ जना जीवित भेटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
पर्वतमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समुहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार