नेग्जाको एक्स्पो असफल: सुन व्यवसायी असन्तुष्ट, संघमा रजगज गर्ने श्रीमान-श्रीमतीलाई बल्ल भयो छटपटी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार २१:४०:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal-ratna_4LgplvbEfZ.jpg)
१ माघ, काठमाडौं । विहेको सिजन शुरु हुँदै गर्दा अनि हालै अंग्रेजी न्यू इयर पनि लागेको र निकट भविष्यमा नेपाली नयाँ वर्षको आगमन हुँदै गरेको अवस्थालाई ख्याल गरेर नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) ले केही सुन व्यवसायीलाई उस्काएर गरेको एक्सपो कार्यक्रम पूर्णतः असफल भएको व्यवसायीले गुनासो गरेका छन् ।
एक्स्पोको पूर्वसन्ध्यामा उक्त अभियानलाई आकर्षण तुल्याउन गत पौष २८ गते भारतीय अभिनेत्रीलाई प्रमुख मोडलका रुपमा प्रस्तुत गर्दै ‘फेसन शो’ गरिएको थियो भने पौष २९ देखि माघ १ सम्म होटल याक एण्ड यतीमा एक्स्पो सञ्चालन गरिएको थियो । एक्स्पो कार्यक्रम आज समापन हुँदैछ । तर, खर्च निकै भएको अनी कार्यक्रम भने उपलब्धिमूलक हुन नसकेपछि यतिबेला उक्त एक्स्पोमा सहभागी व्यवसायीहरु निराश मात्रै होइनन्, नेपाल रत्न तथा आभूषण संघ नेग्जाको हर्ताकर्ता रहेका श्रीमान् श्रीमतीसँग असन्तुष्ट नै बन्न पुगेका छन् ।
फेसन शोमा लागेको खर्च तिर्न फेशन शोमै संलग्न आधा दर्जन व्यवसायीबाट जनही १० लाखका दरले असुल गरिएको थियो भने एक्स्पो सञ्चालन स्थल होटल याक एण्ड यतीको खर्च तिर्न स्टल राख्ने व्यवसायीबाट रकम असुल गरिएको थियो । प्राप्त जानकारी अनुसार प्रत्येक स्टलबाट साढे २ लाख असुल गरिएको थियो । जम्माजम्मी २२ स्टलबाट ५५ लाख असुल भएकोमा त्यसको हाराहारीमा होटलकै बिल आउने अनुमान नेग्जाका एक पदाधिकारीको छ । कार्यक्रम त्यति उत्साहपूर्ण हुन नसकेको र व्यवसायीले सोचे अनुसारका आगन्तुक नआउँदा उनीहरुको असन्तुष्टि देखिएको हुन सक्ने ती पदाधिकारीको स्वीकारोक्ति थियो ।
‘हुन त हामीले एक्स्पो गर्ने चाहना देखाएका थिएनौं, अध्यक्षज्यू र पूर्व अध्यक्षज्यूले बढी चासो दिनु भएको हो’ उनको भनाई थियो, ‘आम्दानीका लागि भन्दा पनि व्यवसायको प्रबद्र्धधनका लागि भनेर एक्स्पो गर्न चाहेका हौं । तर सोचेअनुसारको प्रभावकारिता हाँसिल हुन सकेन ।’ उनले सिधैं एक्स्पोको सन्दर्भलाई लिएर नकारात्मक टिप्पणी गर्न नचाहे पनि एक्स्पो कसैकसैका लागि भने स्वार्थ हुन सक्ने स्वीकार भने गरे ।
यता, आज समापन हुने एक्स्पो प्रति व्यवसायी उत्साहित हुनु त परैको कुरा कार्यक्रम स्थलमै खुला रुपले नकारात्मक टिप्पणी गर्न थालेपछि नेग्जा अर्थात् रत्न तथा आभूषण संघका अध्यक्ष समेत रहेकी उद्योग वाणिज्य महासंघका सदस्य जोत्सना श्रेष्ठ, उनका श्रीमान् नेग्जाकै संस्थापक अध्यक्ष सुरेशमान श्रेष्ठलाई छटपटी बढेको छ । नेग्जामा सुरेशमानकै भाई महेशमान श्रेष्ठ पनि यसअघि अध्यक्ष भइसकेका छन् ।
यसअघि नै कार्यक्रम गर्दाको खर्चपर्चको हिसाबकिताब मनलागि हुने गरेको गुनासो सम्वद्ध व्यवसायीले गर्दै आएको अवस्थामा एक्स्पो नै असफल भएपछि व्यवसायीको गुनासो बढ्नु स्वभाविकै हो । संघ भित्रका गुनासा बाहिर सार्वजनिक नहोस् भनेरै आफ्ना ‘एसम्यान’ मात्र संघमा पदाधिकारी र सदस्य चयन गर्दै आएका सुरेशमान ज्योत्सना कम्पनी हाल भइरहेको एक्सपो कार्यक्रम पूर्णत असफल भएपछि भने निकै आलोचित बनेका छन् । त्यसमाथि पनि उमेर ढल्कीसकेकी भारतीय अभिनेत्रीलाई निम्ताएर के तमसा देखाउन खोजेको भन्दै आक्रोस पोख्ने व्यवसायीको पनि कमी देखिएन ।
खासगरी भारतीय नागरिक सञ्चालक रहेको र काठमाडौंकै केही नेवार समूदायका व्यक्तिको लगानी रहेका सुनपसल सञ्चालकलाई समेटेर रत्न तथा आभूषण संघको स्थापना भएको हो । तत्कालको वैद्यानिक सुनचाँदी व्यवसायी संघबाट व्यवसायीलाई फुटाएर-टुक्राएर आफ्नो स्वार्थ पूरा गर्न रत्न तथा आभूषण संघ खोलेर प्रतिस्पर्धीका रुपमा रत्न तथा आभूषण संघलाई अघि बढाउन खोजेजस्तो देखिए पनि हात्तीको दाह्राका रुपमा उक्त संघलाई अघि आफ्नो स्वार्थ अनुकुल संस्था सञ्चालन गर्दै आएको थुप्रै व्यवसायीको गुनासो छ ।
आफ्नै कब्जामा रहेको संघमा आवद्ध व्यवसायीहरुका समस्या सामाधान गर्ने नाममा दलाली गर्न माहिर सुरेशमान श्रेष्ठ अहिलेको एक्स्पो कार्यक्रमबाट भने पूर्णत व्यवसायीको नजरबाट गिर्न पुगेका छन् । उनले फेसन शो कार्यक्रमको मुख्य अतिथिका रुपमा प्रधानमन्त्रीलाई डाक्ने भन्दै व्यवसायीलाई आश्वासन बाँडे पनि उक्त कार्यक्रममा प्रभावशाली कसैले पनि प्रमुख अतिथि स्वीकार नगरेपछि अन्ततः हाल मन्त्रालय नतोकिएर विनाविभागीय मन्त्रीको हैसियतमा रहेकी ज्वाला कुमारी साहलाई निम्ताइएको थियो । सुरुवातीकै दिन प्रधानमन्त्री ल्याउन नसकेको भन्दै आलोचित नेग्जाका सल्लाहकार सुरेशमानले प्रधानमन्त्री व्यस्त रहेको भन्दै पन्छिएका थिए । त्यहाँ निम्ताइएका अन्य थुप्रैलाई प्रधानमन्त्री नै कार्यक्रमको मुख्य व्यक्ति रहेको बताइएको थियो । केही मिडिया पनि प्रधानमन्त्री जाने भनेर त्यहाँ पुगेका थिए भने कोही व्यवसायीक त कोही व्यक्तिगत प्रभावमा परेर कार्यक्रमस्थल पुगेका थिए ।
यसअघि नै नेग्जामा आवद्ध व्यवसायीले यस्ता कार्यक्रम गरेर सुरेशमानका श्रीमान्(श्रीमतीको मात्र स्वार्थ पूरा हुने भन्दै असन्तुष्टि पोख्दै आएका थिए भने भारतीय अभिनेत्री ल्याउनुभन्दा नेपाली चर्चित मोडल वा अभिनेत्रीलाई प्रस्तुत गराउँदा प्रभावकारी हुने सुझाव अस्वीकार गरिएको थियो । त्यसको कारण अपारदर्शी खर्चपर्च नै प्रमुख रहेको आरोप व्यवसायीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रणय दिवसको अवसरमा सौराहामा आजदेखि खाना उत्सव सुरु
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार