गुणका राजेन्द्रको धन्दाः कर्जा तिर्न आनाकानी, पत्रकार तगारो ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार २१:५९:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/guna_ZBwz7lMCfe.jpg)
१ माघ, काठमाडौं । गुण ग्रूपलाई चिनाउनु पर्दा राजधानीमा फैलिएको थुप्रै व्यवसायको छाताघर भन्दा फरक नपर्ला । त्यसका सञ्चालक राजेन्द्र शाक्य आर्थिक रुपमा झण्डै डुबिसकेर फेरि उत्रिँदै गरेका एक व्यवसायी हुन् । विगतमा उनका व्यवसायिक क्रियाकलाप त्यति विवादमा नतानिए पनि पछिल्लो समय भने केही विवादमा अल्झेको जस्तो देखिन्छ । रियल स्टेटदेखि हाउजीड्गसम्म, सहकारीदेखि अस्पतालसम्म, कन्ट्रक्सन कम्पनीदेखि इन्जीनियरिड्ग कलेजसम्म, होटलदेखि हाइड्रोसम्म, टेलिभिजनदेखि फिल्मसम्म, एअरलाइन्सको व्यवसायदेखि सेवकसम्म उनको प्रत्यक्ष-अप्रत्यक्ष चासोमै दैनिकी बित्छ ।
१९८४ मा गुण ज्वेलर्सबाट सुरु भएको राजेन्द्र शाक्यको व्यवसायिक तीब्रता झण्डै ४ दशकसम्म आईपुग्दा दर्जन बढी पुगिसकेको अवस्था छ । आर्थिक दायित्वको कुरा गर्नु पर्दा यस बीचमा शाक्यले निकै उतार चढाव भोगिसकेका छन् । झण्डै-झण्डै डुबीसकेका उनी उत्रिसकेको नभएपनि उत्रने तरखरमा भने देखिन्छन् । तर, डुब्नै लागेका उनी उत्रने कार्यमा भने केही व्यवसायिक मर्यादा उल्लंघन गर्दै अघि बढीरहेको बताइन्छ । यसका लागि उनले आफ्नै लगानी रहेको आफ्नै लगानीको मिडियाका प्रस्तोता समेत रहेका हर्ताकर्ता पत्रकारलाई प्रयोगमा लिएको बताइन्छ ।
आर्थिक रुपमा धराशायी हुँदै गर्दा त्यसबेला विमानस्थलको डम्पीड्ग साइटमा थन्क्याइनु पर्ने गुण एअरलाइन्सका जहाज केही समय सिम्रिक एअरलाइन्सका नामबाट पनि उडान भरिएको थियो भने गुण को-अपरेटीभको बचतकर्ताको निक्षेप फिर्ता गर्न नसक्दाको अवस्था त्यस्तै थियो । गुण कोलोनी, गुण सिनेमाको पनि कुरै नगरौं । यतिबेला विगतमा लिएको कर्जाको सावाँ त परैको कुरा व्याजसमेत तिर्न आनाकानी गर्दैछन्, चर्चित व्यवसायी राजेन्द्र शाक्य । उनलाई प्रत्यक्ष-अप्रत्यक्ष सघाउँदै छन् हर्ताकर्ता पत्रकार । जुनजुन बैंकबाट कर्जा लिइएको छ, त्यो बैंकका सीईओ र राष्ट्र बैंकका प्रभावकारी अधिकारी समेतलाई प्रभाव वा दबाबमा पार्ने कार्य ती पत्रकारले गरिरहेको स्रोतले बतायो ।
बैंकको कर्जा समयमै तिर्न आनाकानी गर्ने, उक्त विषयलाई अन्यत्रै मोड्न पत्रकार तगारो बन्न थालेपछि यतिबेला बैंकका सीईओहरु समेत अफ्ठ्यारोको कसीमा दलिनु परेको बताइएको छ । थुप्रै व्यवसायमा हात हालेका शाक्यले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट उस्तै गरी कर्जा समेत लिएको अवस्था छ । त्यही कर्जाको सावाँव्याज समयमा तिर्नु भन्दा आफ्नै कम्पनी मध्येको एक सिनियर पत्रकारको प्रभावलाई अघि बढाउन चाहेको देखिएको हो ।
नाम र पहिचान नखुलाउने शर्तमा एक बैंकरले गुनासो गरेः व्यवसायीले बैंकबाट कर्जा लिएर व्यवसायमा लगाउनु यो एउटा प्रकृया नै हो तर बैंकलाई तिर्नु बुझाउनु पर्ने साँवाव्याजमा आफ्नो संस्था र पत्रकारको प्रभाव देखाउन खोज्नु गलत हो । यसले पत्रकारको दोहोरो चरित्रसँगै ऋणी, व्यवसायी र बैंक बीचको सम्वन्धलाई खलल पुर्याउँछ । आफ्नो जागिरे संस्थाकै मालिकलाई सहयोग गर्ने हेतुले जाने बुझेरै वा प्रभाव, प्रलोभन परेर एउटा सिनियर पत्रकार अघि बढेका हुन् ? त्यो भने थाहा हुन सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमद्वारा इन्धनको मूल्य समायोजनः पेट्रोलको बढ्यो, डिजेल र मट्टीतेलको घट्यो
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार