उद्धार टोलीले दुर्घटना क्षेत्र सेती खोंचबाट ६५ जनाको शव निकाल्यो
नेपालबहस संवाददाता
माघ १, २०७९ आइतबार २२:४:३
१ माघ, पोखरा । पोखराको सेती खोंचमा दुर्घटना भएको यती एयरलाइन्सको विमानबाट ६५ जनाको शव बाहिर निकालिएको छ । थपको खोजीकार्य जारी छ । शव खोज्न विभिन्न समूहमा उद्धार टोली खटाइएको छ । अहिलेसम्म दुर्घटनाग्रस्त क्षेत्रबाट ६५ जनाको शव भेटिएको खोज तथा समन्वय केन्द्रले जनाएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको विमानबाट उक्त शव निकालिएको हो । विमानमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ यात्रु रहेका थिए ।
चालक दलका सदस्य चारजना रहेको प्राधिकरणले जनाएको छ । १० बजेर ५० मिनेट जाँदा जहाज सेती खोँचमा दुर्घटनान परेको थियो । विमानमा चालक दलका सदस्य ४ जना, महिला २५, पुरुष ३७, ३ बालक र ३ शिशु रहेका थिए ।
जहाजमा रहेका ७२ जनामध्ये अहिलेसम्म ६५ जनाको शव फेला परेको हो । बाँकीको जीवित उद्धार सम्भावना टरेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताएका छन् । उनले जीवितै उद्धार गरिएकाको पनि अस्पताल नपुग्दै मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार