विमान दुर्घटनाको उद्धारकार्य जारी, मृत्यु भएकामध्ये २६ जनाको पहिचान
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १६:६:३६
२ माघ, पोखरा । पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्यलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ । यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये अहिलेसम्म २६ जनाको मात्र पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए ।
अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको थियो । दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । त्यसमध्ये २६ जनाको शव पहिचान भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु गुमाएर पहिचान खुल्नेमा पोखरा ११ बस्ने ३७ वर्षीय पत्रकार त्रिभुवन पौडेल, पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर रहेका छन् ।
यस्तै बिहान करिब साढे ६ बजदेखि नै उद्धारकार्य थालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार विमान निकै साँघुरो खोचमा खसेकाले उद्धारकार्यमा समस्या भएको छ । हिजो रात परेपछि उद्धारकार्यमा कठिनाइ भएकाले आज बिहानदेखि थाल्ने गरी स्थगित गरिएको थियो ।
यता, खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ । भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान–अवतरण भने रोकिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार