सल्यानमा ‘देउता’लाई मनाउन बालकको हत्या
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १७:४८:४६
२ माघ, काठमाडौं । सल्यानमा एक बालकलाई ‘बली’ दिएर हत्या गरेको घटना सार्वजनिक भएको छ । बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षीय डम्बर पुरीले यही आइतबार दिउँसो आफ्नै सहोदर भान्जा सोही गाउँका ८ वर्षीय भिजन घर्तीको ‘बली’ दिएर हत्या गरेका हुन् ।
पुरीले दिउँसो करिब २ बजेतिर आफ्नै घरको आँगनमा रहेको मन्दिरभित्र ‘देउता’लाई मनाउन धारिलाे हतियारले घाँटी छिनाएर दिएर ‘बली’ दिएको खुलेको छ ।
घटनाबारे पुरीकै छोराले देखेर छिमेकीलाई खबर गरेपछि घटना बाहिर आएको हो । भिजनलाई मन्दिरमा ‘बली’ दिएपछि शवलाई मन्दिरभित्रै गाड्दै गर्दा छोराले देखेको र उसैबाट छिमेकीलाई खबर भएपछि खबर प्रहरीसम्म पुगेको हो । खबर पाएलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पुरीलाई सबुदसहित पक्राउ गरिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
झण्डैदुई वर्षदेखि आफूमा देउता चढेको भन्दै पुरी काम्ने र अस्वभाविक गतिविधि गर्दै आइरहेका छिमेकीहरुको भनाइ छ । प्रहरीले पुरीको मानसिक अवस्थाबारे पनि अनुसन्धान गरिरहेको छ । उनी सानो छोरा लिएर परिवारदेखि अलग भएर बस्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ
माघ १५, २०८१ मंगलबार
स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार