राष्ट्रिय शोक घोषणा गरेर दिवा भोज खान गएको भन्दै प्रधानमन्त्रीको आलोचना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १७:५४:५
![](https://nepalbahas.prixacdn.net/media/albums/Prachanda_first_decission_sign1672065625_JafPc2URBs.jpg)
२ माघ, काठमाडौं । देशमा राष्ट्रिय शोक घोषणा गरी शोक विदासमेत दिएर दिवा भोज खान भएको भन्दै नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचाना सुरु भएको छ ।
मंगलबार डाकिएको सर्वदलीय बैठक, सभामुखको निर्वाचन र मन्त्रिपरिषद विस्तार लगायतका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न प्रधानमन्त्री प्रचण्ड खाना खाँदै बालकोट गएपछि भोजखान गएको भन्दै आलोचना सुरु भएको छ ।
कतिपयले प्रधानमन्त्री जस्तो पदमा भएको व्यक्तिले छलफलका लागि अन्यत्र ठाउ नभए जसरी राष्ट्रिय शोक घोषणा गरेर अरुको निवासमा जानु गलत भएको तर्क गरेका छन् । यस्ता आलोचना विगतमा पनि हुँदै आएका थिए । राष्ट्रिय जिम्मेवारीमा रहेकाहरुबाट यदाकदा यस्ता विषयमा ध्यान नदिँदा आलोचनाको शिकार हुने गरेका छन् । देश र जनतालाई शोकमा राखेर आफु भोज खान गएको भन्ने प्रधानमन्त्रीमाथि आरोप लगाइएको छ ।
सरकारले राष्ट्रिय शोक सितिमिति घोषणा गर्दैन । आइतबार पोखरामा ७२ जनाको ज्यान जानेगरी भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले सोमबार राष्ट्रिय शोकको घोषणा गरी सोक विदा दिने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्ड सत्ता साझेदार मध्ये सबैभन्दा ठूलो दलका नेकपा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका छन् । उनी अहिले पनि बालकोटमै छन् ।
यसअघि ओली र प्रचण्डबीच बालुवाटार पटक पटक छलफल भइरहेकोमा आज प्रचण्ड आफै बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि दोस्रो पटक बालकोट पुगेका हुन् ।
राष्ट्रपति र सभामुख निर्वाचनका सन्दर्भमा कांग्रेससँग पनि सहमति गर्ने भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि एमालेले संशय व्यक्त गरिरहेका बेला प्रचण्ड बालकोट पुगेका हुन् । उनका लागि बालकोटमै दिवा भोज राखिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
रुख कटान गरेको आरोपमा २ जना पक्राउ
फागुन ५, २०८१ सोमबार
रूसले गुगललाई गरायो ठुलो परिणामको जरिवाना
फागुन ५, २०८१ सोमबार
भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै
फागुन ५, २०८१ सोमबार