नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १८:२७:१३
२ माघ, काठमाडौं । नेपाली विद्यार्थीहरुको सपनाको देश अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ ।
देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो । आगामी बैशाख छेकोबाट छायांकन सुरु हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी बाँधिनेछ ।
ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ । छायांकनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।
फिल्मले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ । मुलतः फिल्म अष्ट्रेलिया पुगेपछि नेपालीले गर्नेपर्ने संघर्षको कथामाथि निर्माण हुनेछ ।
अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् ।
फिल्मको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे छन् । एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने फिल्म स्तरीय बन्नेमा प्रस्तुतकर्ता रसाइली विश्वस्त देखिए । फिल्मको कथावस्तु राम्रो रहेको उनको दाबी छ ।
कार्यक्रममा सविनले आफू एक्सन भूमिकामा देखिने संकेत गरे । उनले भने, ‘हुन त मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु । तर, यसपटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि पृथक लाग्न सक्छ ।’ त्यस्तै, रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । सविनसँग पहिलो पटक फिल्ममा स्क्रिन शेयर गर्न उनी उत्साहित देखिएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोली पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार
साहारा चितवनको रकम ठगीबारे बयान गराउन छबिलाल जोशीलाई चितवन पुर्याइयो
मंसिर १६, २०८१ आइतबार
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार