मोटरसाइकल पुलबाट खस्दा २ जनाको मृत्यु, १ गम्भीर घाइते
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार १९:४०:१६
२ माघ, कलैया । बारामा ३ जना सवार मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अन्य एक जना घाइते भएका छन् । सिम्रौनगढ नगरपालिका-१ बैरिया बस्ने २३ वर्षीय कासिम अन्सारी र २२ वर्षीय तहिद अन्सारीको मृत्यु भएको हो ।
उनीहरु दुवै जनाको शव खोजतलासको क्रममा थलही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अंसारी गम्भीर घाइते छन् । उनीहरु तीनै जना एउटै मोटरसाईकलमा सवार थिए ।
आइतबार राति ९ बजे महागढीमाई नगरपालिका–९ थलही पुलमा गढीमाईबाट श्रीनगरतर्फ जाँदै गरेको ना. २६ प. २२९५ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई पुलबाट खसेको थियो ।
प्रहरीले भने दुर्घटनाको खबर सोमबार बिहान मात्र पाएको थियो । मोटरसाईकल थलही खोलामा नै भेटिएको थियो ।
खोजतलासको क्रममा कासिमलाई बिहान ९ बजे घटनास्थल भन्दा २ किलोमिटर दक्षिणतर्फ खोला किनारमा घोप्टो परेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी तहिदको शव दिउँसो १२ बजे पुलभन्दा १ सय मिटर दक्षिणतर्फ खोलाको मध्य भागमा भेटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसअघि गएको पुस ४ गते राति बाराबाट चन्द्रनिगाहपुर गइरहेको ३ जना सवार मोटरसाइकल धन्सार पुलनजिक सडकमा रोकराखेको ट्रकमा ठोक्किदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एक जना सामान्य घाइते भएका थिए । घाइते सामान्य उपचारपछि घर फर्किएका थियो । घाइतेले नै घरमा मोटरसाइकल दुर्घटनामा परेको खबर गरेका थिए । मृतक रौतहट सिम्रीका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकल्भर्टमुनि एक पुरुषको शव फेला
माघ १५, २०८१ मंगलबार
ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, चालक फरार
माघ १४, २०८१ सोमबार
टिप्परको ठक्करबाट एकको मृत्यु
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार