चितवन राष्ट्रिय निकुञ्ज घाँसेमैदान थपिँदै
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २१:१४:१६
२ माघ, चितवन । वन्यजन्तुको विचरणका लागि चितवन राट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्र बनाएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो ।
अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उहाँका अनुसार यस आयोजनाअन्तर्गत दुई सय २५ हेक्टर क्षेत्रफमा घाँसेमैदान व्यवस्थापन र निर्माणको काम सुरु गरिएको हो । घाँसेमैदान व्यवस्थापनका लागि रु ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन भएको तिवारीले बताए । उनले निकै कम रकममा ठेक्क परेको बताउनुहुदै अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेकोे बताए ।
निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ । यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदन व्यवस्थापनको कामसमेत भइरहेको उहाँले जानकारी दिए । यसका लागि रु १५ लाख बजेट विनियोजन भएको छ ।
निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भईरहेको छ । पश्चिम क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिए लगत्तै पूर्वी क्षेत्रमा काम सुरु गरिने छ । पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमती लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको तिवारीले बताउनुभयो ।चैत महिनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सक्नेगरी काम अघि बढाइएको उहाँले जानकारी दिए।
निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान रहेको छ । घाँसेमैदान व्यवस्थापनसँगै आहारा प्रजातिका जनावरको सङ्ख्या बढ्ने र जनावर मानवीय बस्ती क्षेत्रमा जानेक्रम कम हुने छ । घाँसेमैदान व्यवस्थापनले मानव र वन्यजन्तुबीचको द्वन्द्वमा समेत कमी ल्याउने अपेक्षा निकुञ्जले लिएको छ ।
सुन्तला उत्पादनमा वृद्धि
जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञानकेन्द्र भरतपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको हो ।
केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनमगरका अनुसार जिल्लामा गत वर्षको तुलनामा यस वर्ष दुई सय मेट्रिकटनले सुन्तला उत्पादनमा वृद्धि भएको हो । उहाँका अनुसार यस वर्ष एक हजार ३७ दशमलव ५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।
जिल्लाको पहाडी क्षेत्रमा एक सय २५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । सोही क्षेत्रफलमा गत वर्ष आठ सय ३७ दशमलव ५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नौ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ मा सुन्तलाखेती हुने गरेको छ । यस वर्ष उत्पादन बढ्नुमा नयाँ रोपेका बोटले उत्पादन दिन सुरु गर्नु, कृषकले सुन्तला बगैँचामा राम्रो हेरचाह र मलजल गर्नुका कारण रहेका उनले बताए ।
उनले भने, “अघिल्ला वर्षमा सिँचाइको अभाव, बगैँचा व्यवस्थापनको कमी र पुराना बोट हुनु थियो ।” अहिले सुन्तलाका लागि उपयुक्त सिजन भएका कारणलेसमेत उत्पादन बढेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार