लक्ष्यको ३२.७१ प्रतिशत मात्र राजस्व संकलन, पुषमा उठ्यो १ खर्ब २९ अर्ब
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २०:१३:४६
२ माघ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो ६ महिनामा लक्ष्यको ३२।७१ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको देखिएको छ । यसमा सबैभन्दा धेरै संकलन पुष महिनामा उठेको राजश्व रहेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस महिनामा मात्र १ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । पुष महिना आयकरको पहिलो किस्ता बुझाउने महिना समेत भएको संकलनमा सुधार आएको हो ।
पुष मसान्तसम्म ४ खर्ब ५८ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको छ ।
यस्तै, पुष मसान्तसम्म सरकारको आम्दानी भन्दा खर्च सवा खर्बले बढी देखिएको महालेखाको तथ्यांकले देखाउँछ । यस अवधिमा सरकारको खर्च ५ खर्ब ७६ अर्ब ३४ करोड रुपैयाँ भएको छ भने आम्दानी ४ खर्ब ९४ अर्ब ८४ करोड रुपैयाँ भएको छ ।
६ महिनाको अवधिमा पूँजीगत प्रकृतिको खर्च मात्र ५३ अर्ब ४५ करोड रुपैयाँ मात्र भएको छ । यो कुल पूँजीगत खर्च गर्ने लक्ष्यको मात्र १४.०४ प्रतिशत हो । तर, चालु खर्च भने ४ खर्ब ५५ अर्ब १२ करोड रुपैयाँ भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत र चीनका लगानीकर्ताले चलाएका १० कम्पनीको २० करोड कर उठाउन राजश्वमा पत्राचार
माघ १४, २०८१ सोमबार
अर्थमन्त्री भन्छन्, लक्ष्यअनुसार राजश्व उठाउन मुस्किल
माघ १३, २०८१ आइतबार
वीरगञ्ज नाकाबाट हुने निर्यात बढ्यो, ६ महिनामा २९ अर्ब २७ करोडमाथिका बस्तु निकासी
माघ १३, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार