एमालेले ८ मन्त्रालय पाउँदा राप्रपालाई २, लोसपाकाे भागमा १ मन्त्रालय
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २०:५४:२८
२ माघ, काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डा टुंगिएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार ओलीको घरमा करिब ५ घण्टा लामो वार्तामा मन्त्रालय भागवण्डा लगभग टुंगिएको हो ।
सहमतिअनुसार एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले ४ र राप्रपाले २ मन्त्रालय पाउने भएका छन् । यस अतिरिक्त एमालेले २ राज्यमन्त्री र माओवादी केन्द्रले १ राज्यमन्त्री लिनेछन् ।
रास्वपालाई ३ र राप्रपालाई २ मन्त्रालय दिने सहमति भएको स्रोतको दाबी छ । जसपाले २ मन्त्रालय पाउने भएको छ भने १ मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन पहल गर्ने सहमति भएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टीलाई एक एक मन्त्रालय दिन सहमति जुटेको छ ।
७ दलको समर्थनमा बनेको सरकारमा एमाले सबैभन्दा ठूलो दल, माओवादी केन्द्र दोस्रो र रास्वपा तेस्रो दल हुन् । नागरिक उन्मुक्ति भने टीकापुर घटनाका थुनामा राखिएका बन्दी र लगाइएका मुद्दा खारेज नभएसम्म सरकारमा नजाने अताउँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार