मनोनयन दर्ता भोली, आजसम्म छैन सभामुखको उम्मेदवार
नेपालबहस संवाददाता
माघ २, २०७९ सोमबार २२:३:१९
२ माघ, काठमाडौं । सत्ता साझेदारीमा नेकपा माओवादी र नेकपा एमालेबीच भएको सहमति अनुसार प्रतिनिधिसभाको सभामुख एमालेले पाउनेछ । माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । जसको लागि संसद सचिवालयले भोली मंगलबार सभामुखका लागि मनोनयन दर्ताको समय तोकेको छ । तर, अहिलेसम्म सभामुखको उम्मेदवारको टुंगो लागेको छैन् । नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ तर, उम्मेदवार छानेको छैन् ।
सत्ता गठबन्धनमा रहेका दलहरु खास गरी नैकपा एमाले र माओवादीले मन्त्रिपरिषदमा लगभग सहमति गरको बताइएको छ । मन्त्रालयको भाग मिलाउन आज साँझ उच्चस्तरिय संयन्त्रको बैठक पनि बस्दैछ । यो बैठकले मन्त्री र मन्त्रालयको भाग मिलाइर सभामुखबारे छलफल गर्नेछ । सत्ता गठबन्धनका तर्फबाट एमालेले एकल उम्मेदवारी दिने भएकाले गठबन्धनमा भन्दा पनि एमालेमा सभामुखबारे छलफल हुनुपर्ने हो । तर, आज सम्म उसले उम्मेदवार तोकेको छैन् ।
नेपाली कांग्रेसले नेकपा माओवादीले सभामुखमा उम्मेदवारी दिए आफुले नदिने र माओवादीबाहेकले उम्मेदवारी दिए कांग्रेसले पनि दिने तयारी गरेको छ । कांग्रेसले एक्लै उम्मेदवारी दिँदा पराजय निश्चित छ । यद्यपी कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र नेता अर्जुननरसिंह केसीमध्ये एकले उम्मेदवारी दिने बुझिएको छ । हार निश्चित भएकाले कांग्रेसले अरु कसैलाई उठाएर प्रक्रिया पुरा गराउने सम्भावन पनि देखिएको छ । यता, संसद सचिवालयले सभामुखको निर्वाचनका लागि सबै तयारी पुरा भएको जनाएको छ ।
संसद सचिवालयका अनुसार मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुनेछ । बुधबार सभामुखका लागि मनोनयन दर्ता हुनेछ । बुधबार नै संसद सचिवालयले सभामुखका उम्मेदवारहरुको सूची टाँस गर्नेछ । बिहीबार बिहान ११ बजे सभामुखका लागि निर्वाचन हुनेछ । ‘निर्वाचन दस्तखत सहितको मत विभाजद्वारा हुने सचिवालयको भनाइ छ । सभामुखका लागि एक जनाको मात्रै मनोनयन परे बिहीबार प्रतिनिधिसभाको बैठकमा समर्थकले बोलिसकेपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।
एक भन्दा बढी उम्मेदवार भए दर्ता क्रमानुसार प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ । त्यसपछि ज्येष्ठ सदस्यले दुबै सभामुखको उम्मेदवारीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको कुल सदस्य संख्याको जसले बहुमत ल्याउँछ उनी नै सभामुख निर्वाचित हुनेछन् ।
निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहमुतबाट पारित हन्ुछ सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिने प्रतिनिधिसभा नियमावलीको नियम ५ मा उल्लेख छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले १० माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ । ५ माघमा सभामुख चयन भएपछि उपसभामुख भने ७ माघमा चयन गर्ने सचिवायलयको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार