सुदूरपश्चिम प्रदेश सभामुखमा भण्डारी निर्वाचित
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १७:१९:५७
३ माघ, डोटी । सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा माओबादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन् ।
मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेश्रो पटक भएको मतदानमा भण्डारीलाई २९ प्रदेश सभा सदस्यले मत दिएका थिए । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्ने सुदूरपश्चिम प्रदेशमा भण्डारीले २९ मत पाएपछि जेष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले निर्वाचित भएको घोषणा गरेका हुन् ।
आज बसेको प्रदेश सभा बैठकमा ५२ जना प्रदेश सभा सदस्य उपस्थित रहेकोमा भण्डारीको विपक्षमा २३ प्रदेश सभा सदस्यले मतदान गरेका थिए । भण्डारी नेकपा माओबादी केन्द्रका ११, नेकपा एमोका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना प्रदेश सभा सदस्यको समर्थनमा सभामुख बनेका हुन् ।
प्रदेश सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर रावलले भने २३ मत मात्रै पाएका थिए । उक्त मत प्रदेश सभामा तत्काल कायम रहेको प्रदेश सभा सदस्य संख्याको बहुमत नपुगेको भन्दै जेष्ठ प्रदेश सभा सदस्य भट्टले अस्वीकृत गरेका थिए ।
रावललाई नेपाली कांग्रेसका १९ र नेकपा एकिकृत समाजबादी पार्टीका ४ प्रदेश सभा सदस्यले समर्थन दिएका थिए । प्रदेश सभाको अर्को बैठक बुधबार ‘भोली’ दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक
पुष ५, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
विद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
तनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
लोहनी नेपाल विश्वविद्यालयको कुलपतिमा नियुक्त
पुष ५, २०८१ शुक्रबार
सुपर चारको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई दियो ५५ रनको लक्ष्य
पुष ५, २०८१ शुक्रबार