छोरा मन्त्री बन्ने खबरपछि बुबाले भने- ‘फोक्ल्याण्डको लडाईँमा मरेको भए यो दिन सुन्न पाउँदिनथेँ’
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १८:२६:१०
३ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिमण्डल विस्तार गर्दैछन् । आफू नेतृत्वको सरकारलाई समर्थन गर्ने दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्तभएसँगै उनले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । उनले नयाँ मन्त्रीहरुको नाम प्रमाणिकरणका लागि राष्ट्रिपति विद्यादेवी भण्डारीकहाँ आजै पठाउँदैछन् ।
दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेसँगै माओवादी केन्द्रबाट पनि थप मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट आजै शपथ लिँदैछन् । माओवादी केन्द्रले यसअघि पार्टीका उपााध्यक्ष नारायणकाजी श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्री बनाइसकेको छ । आज रेखा शर्मालाई संचार, सुदन किराँतीलाई पर्यटन र अमनलाल मोदीलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त हुँदैछन् ।
किराँती तत्कालीन माओवादीद्वारा संचालित सशस्त्र युद्धका कमाण्डर हुन् । पार्टी संसदीय भासमा प्रवेश गरेपछि किराँती पूर्वी क्षेत्रमा प्रचण्डका विश्वासपाब बनेर राजनीतिमा निरन्तर खटिए । अहिले उनी मन्त्री बन्दैछन् । मन्त्री बन्ने खबर उनले बुबालाई सुनाए । बुबा हर्कबहादुर प्यारालाइसिसका कारण धेरै समयदेखि ओछ्यानमा परेका छन् । सुदनकी आमा पहिल्यै बितिसकेकी छन् ।
उनले बुबालाई आफू मन्त्री बन्न लागेको खबर सुनाउँदा बाबु भावुक बनेको खबर उनले तस्बिरसहित सामाजिक संजालमा राखेका छन् । उनले बाबुको स्वास्थ्य अवस्थालाई ‘डाँडाको घामजस्तै’ भनेका छन् । उनले खबर सुनाउँदा भएको संवाद संजालमा पोष्ट गरेका छन् । खबर सुनेपछि बुबाले आफू फोकल्याण्डको लडाईमा मरेको भए यो दिन सुन्न र देख्न नपाउने भन्दै भावुक भए र आँसु खसालेका थिए । बुबाको कुराले सुदनलाई पनि भावुक बनायो । सुदनले पनि जनयुद्धमा मरेको भए आजका दिन देख्न नपाउने बताएकाे उल्लेख गरेका छन् । हर्कबहादुर पूर्व लाहुरे हुन् । उनले विभिन्न देशबाट लडाइँ लड्ने क्रममा पफाेक्ल्याण्डमा लामाे समय भीषण लडाइँ लडेका थिए ।
जनयुद्धका बेला जेल पर्दा बुबा भेट गर्न आउँदा पीडाले रोएको स्मरण गर्दै सुदनले बुबाले आज खुशीको खसालेका उल्लेख गरेका छन् । उनले बुबाको भनाइलाई उतारेका छन्, ‘आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी संगै हुन पाएको भए… । म गए पछि तेरो आमासंग भेट हुन्छ नै होला, म सबै भनिदिउँला ।’
बुबा रोएको देखेर उनले विगत सम्झिँदै भनेका छन्, ‘बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उ बेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँसुको मुहान र भाब भने फरक ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
नेपाल बैंकले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
अदालत उपस्थित गराइए रवि लामिछाने, उनी पक्षधर वकिलबाट थुनछेक बहस सुरु
माघ २, २०८१ बुधबार
खलनायकले ओठमा चुम्बन गरेपछि...
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
भारतको केरलामा दलित किशोरीमाथि ५ वर्षदेखि ६२ जनाले गरे बलात्कार, ४४ पक्राउ
माघ २, २०८१ बुधबार