सन्तानेश्वर मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १९:१०:१०
३ माघ, राँझा । बाँकेको नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सो मन्दिर पुग्न आठ किलोमिटर पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ । नेपालगञ्जबाट २२ किलोमिटर टाढा पर्ने नरैनापुर गाउँपालिकाको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि उक्त ठाउँमा पुगिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार मन्दिरमा नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्छ ।
अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । सहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकोेले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन र पैदलयात्राको लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् । नरैनापुरको वडा नं ५ र ६ को बीचमा पर्ने बेदिहवा, झण्डवा हुँदै सन्तानेश्वर नामकरण भएको मन्दिर अहिले चर्चामा छ ।
अन्य दिनभन्दा शनिबार धेरै भीडभाड हुने गरेको छ । मन्दिर दर्शन गर्न पुग्नुभएका कोहलपुरका बलराम भट्टराईले जीवनमै अहिलेसम्मको रमाईलो र स्मरणीय भ्रमण भएको बताए । मनोरम दृश्य र साथीसँगको समूहमा सजिलै सन्तानेश्वर मन्दिर पुगिएको उनको भनाइ छ । बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धनको काम गरिने बताए । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक सर्किटको रुपमा विकास गर्ने योजना अघि सारेको उहाँको भनाइ छ । ढकालले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने प्रतिबद्धता जनाए ।
सांसद ढकालले पर्यटकीय सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा सहज रुपमा पुग्न सडक निर्माणमा सहयोग र कोहलामा होमस्टे निर्माणका लागि बजेटको व्यवस्था गर्ने आश्वासन दिनुभयो । हुलाकी सडक अन्तर्गत नेपालगञ्ज–बघौडा सडकको कोहलाबाट करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै सन्तानेश्वर महादेव मन्दिर पुग्न सकिन्छ ।
महादेवको दर्शन गर्न बाँकेबाट मात्र नभइ भारत र छिमेकी जिल्लाबाट भक्तजन त्यहाँ पुग्ने गरेको स्थानीयवासी विनय दीक्षितले बताए । सन्तान नभएकाले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भइसकेका व्यक्ति त्यस ठाउँमा गएर आफ्नो सन्तानको लागि मनोकामना गर्दा सबै पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताए ।
मन्दिरमा धार्मिक पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए। उनका अनुसार मन्दिरमा शिवरात्री, तिजमा विशेष भीडभाड हुन्छ । मन्दिरमा पुगेर चोखो मनले मागेपछि सन्तान मिल्छ भन्ने विश्वास छ । गाउँपालिकाले मन्दिरमा सोलार बत्ती, पानीको व्यवस्था र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार