कालीकोटका तीनवटा स्थानीय सरकार हाब्रे संरक्षण अभियानमा
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार १९:३७:३१
३ माघ, मान्म । कालीकोटका तीनवटा स्थानीय सरकार विश्वकै दुर्लभ जङ्गली जनावर हाब्रे संरक्षण अभियानमा जुटेका छन् । जिल्लाको तिलागुफा नगरपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकाले दुर्लभ जनावर रेडपान्डा पनि भनिने हाब्रेको संरक्षणमा जुटेका हुन् ।
वन विनाश तथा चोरी सिकार बढ्दै गएपछि त्यहाँ बस्ने हाब्रे दुर्लभ हुँदै गएकाले स्थानीय सरकारहरु संरक्षण अभियानमा सक्रिय भएका छन् । कालीकोटका तिलागुफा नगरपालिका र महावै तथा शुभकालिका गाउँपालिकाको जङ्गली क्षेत्रमा हाब्रे पाइन्छ ।
हाब्रे संरक्षण नहुँदा चोरी सिकारी हुने र बासस्थानमा समस्या भएका कारणले स्थानीय सरकारहरुले त्यसको संरक्षणमा जुटेको तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । “वन विनाश चोरी सिकारी लगायतका कारणले अहिले जङ्गलमा कम मात्रै हाब्रे देखिन्छन्”, उनले भने, “अहिले यसको संरक्षणका लागि विभिन्न निकायसँग समन्वय गरेर संरक्षणको अभियान थालेका छौँ ।”
हाब्रे संरक्षणमा जनप्रतिनिधिसहित स्थानीय नागरिक पनि सक्रिय हुनुपर्ने, स्थानीय सरकार सञ्चालनको पहिलो आधार जैविक विविधता अर्थात् प्राकृतिक सम्पदा जल, जमिन, जडीबुटी भएकाले पनि जनप्रतिनिधिहरूको काँधमा संरक्षणको जिम्मेवारी आएको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए । “हाब्रेको संरक्षणमा स्थानीय सरकारका अवसर र चुनौती दुवै छन् । यसको संरक्षणका लागि सबैले पहल आवश्यक छ,” उनले भने, “दुर्लभ जनवार पाउनु हाम्रो स्थानीय सरकारका लागि गौरवको विषय हो ।”
बढ्दो जनसङ्ख्या र वनजङ्गल फँडानीले हाब्रे लोप हुँदै गएकाले जङ्गलमा रहेका सबै जनवारहरुको संरक्षण भएकाले संरक्षणमा जुटेको गैरसरकारी संस्था हुरन्डेक नेपालका उपाध्यक्ष बीरेन्द्रबहादुर बुढाले बताए । “हालसम्म कालीकोटका पाँचवटा सामुदायिक वनमा काम गर्दै आएका छौँ । योसँगै समुदाय र विद्यालयमा हाब्रे संरक्षणका लागि विभिन्न जनचेतनामूलक कामहरु गर्दै आएका छौँ”, उनले भने, “तीन वटै पालिकामा परियोजना अनुगमन तथा मूल्याङ्कन समिति गठन गरिएको छ ।”
जैविक विविधताको विषयलाई स्थानीय तहको कार्यनीतिमै राखेर संरक्षण गर्ने नीति लिएको जथाभावी वनपैदावर चोरीनिकासी तथा आगजनी, डढेलो, फँडानीजस्ता कार्य हुँदै गएका छन् । यसलाई तत्काल स्थानीय सरकारले रोक्न कदम चालेको शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।
“प्राकृतिक स्रोत र साधनलाई सही उपयोग गरी जिल्लामा भएका दुर्लभ वन्यजन्तु र पशुपन्छीको संरक्षणमा स्थानीय सरकारले ध्यान दिएको छ”, उनले भने, “अब स्थानीय नागरिक पनि प्राकृतिक स्रोत र साधनको संरक्षणमा ध्यान दिन आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार