डेढ महिनादेखि युकेमा बेपत्ता पुनको शव फेला
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार २०:१६:३४
३ माघ, लण्डन । बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको जनाएको छ । बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ आसपासमा फेला परेको थियो ।
डिसेम्बर १ तारिख साँझ ७ः३८ बजे अल्ट्रासटको इन्टपार्क सडकमा अन्तिम पटक देखिएको र त्यसपछि वेपत्ता भएका पुनको खोजीमा बेलायत प्रहरीले डेढमहिना बिताएको उल्लेख गरेको छ । ह्याम्पसायरस्थित जघन्य अपराध शाखाका प्रमुख आडम इडवार्डसले किरणलाई के भएको थियो भन्नेबारे बुझ्न र उनको परिवारलाई यो दुःखद क्षणबारे जवाफ दिन प्रहरी प्रशासनले मेहनत गरिरहेको बताए ।
प्रहरी औपचारिक रुपमा शव किरणको भए नभएको पहिचान हुन बाँकी भए पनि किरणकै हुनसक्ने अनुमान गरेको छ । प्रहरीले परिवारलाई यसबारेमा जानकारी दिएको बताएको छ । परिवारलाई प्रहरीका विशेष दक्षता भएका अधिकृतले सहयोग गरिररहेको बताइएको छ ।
पुन हराएपछि अनुसन्धानका क्रममा ह्याम्पसायर प्रहरीले पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । प्रहरीले धटनास्थलका वरिपरीका धरमा आफ्नो टीम पठाएर धटनाबारे स्थानीयसँग कुनै प्रमाण वा अन्य कुनै जानकारी भए लिने पनि ह्याम्पसायर प्रहरीले बताएको छ । यसका साथै घटनाबारे कोही कसैलाई केही जानकारी भए प्रहरीको आपतकालीन सेवामा सञ्चालित १०१ मा फोन गरी बताइदिन अनुरोध पनि गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
तत्काल बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णयमा पुग्यो विद्युत प्राधिकरण
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार