प्रचण्ड क्याबिनेटमा खटपट सुरु, जनमतका खानले गरे मन्त्रालय अस्वीकार
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार २२:१२:२६
३ माघ, काठमाडौं । झण्डै ९९ प्रतिशत विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री प्रचण्डलाई तनाव थपिने क्रम सुरु भएको छ । सुरुमा आफ्नै पार्टीबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेका नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीपछिको वरीयता एमालेबाट मर्थ मन्त्री बनेका विष्णुप्रसाद पौडेललाई दिएको भन्दै गुनासो गरे । अहिले पनि श्रेष्ठले प्रचण्डसँग मन खोलेर कुराकानी गरेका छैनन् ।
यसैबीच आजै मात्र मन्त्रिपरिषद् विस्तार गरेका प्रचण्डलाई जनमतबाट गुनासो र आपत्ति दुवै विषय आएको छ । आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपतिबाट मन्त्री पदमा शपथ खुवाइएका जनमत पार्टीका अब्दुल खान आज मन्त्रालयको पदभार ग्रहण गर्न गएनन् ।
यसअघि उनलाई उद्योग मन्त्रालयको जिम्मा दिइएको थियो । सरकारमा सहभागी हुनुपहिल्यैदेखि जनमतले कृषि वा उद्योग मन्त्रालयमा दाबी गरेको थियो । तर खानलाई मन्त्री बनाउँदा मन्त्रालय नतोकी बिनाविभागीय बनाइयो । त्यसपछि उनी मन्त्री क्वाटरमै सीमित भए ।
यस्तै अवस्थाबीच सोमबार प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा चलेको लामो समयको छmलफलपछि खानको उद्योग मन्त्रालय एमालेको भागमा पारिएको छ । एमालेबाट आज दामोदर भण्डारीले उद्योग मन्त्रीमा शपथ लिएका छन् ।
त्यो कुरा थाहा पाएपछि खान न साविक मन्त्रालय गए, न त पदभार ग्रहणका लागि नयाँ मन्त्रालय अर्थात खानेपानी मन्त्रालयमा नै पुगे । उनी पार्टी केन्द्रकै निर्देशनमा खानेपानी मन्त्रालयमा पद सम्हाल पुगेनन् ।
यसबाट प्रचण्डको क्याबिनेटमा विवाद सुरु भएको हो । जनमतका अध्यक्ष सिके राउतले बारम्बार उद्योग मन्त्रालय लिएर सरकारमा जाने र चिनी मिल संचालकबाट तराईका पीडित उखु किसानलाई न्याय र अधिकार दिने बताउँदै आएका छन् ।
३ माघ, काठमाडौं । मन्त्रालय भागवण्डा जनमत पार्टीले असन्तुष्टि जनाएको छ । मंगलबार गरिएको मन्त्रिपरिषद् विस्तारमा जनमत पार्टीलाई खानेपानी मन्त्रालय परेको थियो । खानेपानी मन्त्रालय अस्वीकार गर्दै मन्त्रीको जिम्मेवारी पाएका अब्दुल खान कार्यभार सम्हाल्न गएनन् । यसबाट क्याबिनेटमा असन्तुष्टी र खटपट सुरू भएकाे छ ।
पार्टीसँग छलफल नगरी मन्त्रालयको बाँडफाँड गरिएको प्रति आफ्नो दलको असहमति रहेको खानले अनलाइनखबरसँग बताए । ‘प्रधानमन्त्रीसँग भएको सहमति अनुसार भएन । हाम्रो चाहना अनुसारको मन्त्रालय पनि भएन’, खानले भने, ‘छलफल नै नगरी तोकिएको मन्त्रालयमा कार्यभार सम्हाल्ने कुरा पनि भएन ।’
प्रधानमन्त्रीसँग थप छलफल नगरी मन्त्रालयको कार्यभार सम्हाल्ने अवस्था नरहेको उनले बताए । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको दाबी गरेको थियो । उक्त मन्त्रालय एमालेको भागमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएकै दिनमा खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
प्रचण्ड सरकारबाट बाहिरिएपछि पहिलो पटक समाजवादी मोर्चाको बैठक बस्दै
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ, फैसला आउन सक्ने
माघ २, २०८१ बुधबार
‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने
माघ २, २०८१ बुधबार
बुधबार सुनचाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?
माघ २, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से २.६९ अंंकले बढ्यो
माघ २, २०८१ बुधबार
एनआईसी एसियाले लाभांश वितरण नगर्ने
माघ २, २०८१ बुधबार
ओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार