पर्यटकीय गन्तव्य बन्दै ‘शङ्खे पहरा’
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार २२:३५:४५
३ माघ, गलकोट । बागलुङ जैमिनी नगरपालिका—५ बिनामारेस्थित रिठ्ठे डाँडामा रहेको शङ्खे पहरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । अक्करे पहराको प्वाल फुकेर शङ्खको धोनीजस्तो आवाज निस्कने भएकाले बुढापाकाले त्यस पहरालाई शङ्ख बज्ने पहरा नामकरण गरेका थिए । सो क्षेत्रमा स्थानीयवासीले पर्यटक आर्कषण गर्ने गरी भौतिक संरचनासमेत निर्माण गर्न थालेका छन् ।
सो क्षेत्रको पर्यटन विकासका लागि स्थानीयवासी एक जुट मात्रै भएका छैनन् त्यसको प्रचार र पवद्र्धनमा लागि परेका हुन् । सोधखोज गर्ने क्रममा उक्त पहरामा रहेको दुई वटा प्वालमा फुक्दा शङ्खकोध्वनीजस्तो निस्किएपछि यसको प्रचार गर्न थालिएको स्थानीय हर्कबहादुर थापामगर बताउछन् । थापाले भने, “राम्रो शङ्खध्वनी निकाल्ने अग्रज बितेर जानुभयो, बुढापाकाले स्वास पु¥याउनै मुस्किल छ, यहाँका केही युवाले शङ्ख फुक्न सिकेका छन् ।” थापाका अनुसार पहरा नजिकै नाक ओढार भन्ने ठाउँ छ भने खानी उत्खनन्का लागि बनाएका केही प्वाल भेटिन्छन् । पहरा भन्दा केही पर एक सय ५० भन्दा बढी व्यक्ति अटाउने ठूलो ओढार रहेको स्थानीयवासीको भनाइ छ । रिठ्ठेडाँडा, पहरा, नाके वडार, खानीका अवशेष र ठूलो ओढारलाई समेटेर पर्यटकीय पूर्वाधारको काम थालिएको अर्का स्थानीय पुष्पबहादुर थापाले बताए ।
स्थानीयवासीले पटक–पटकको प्रयासपछि मात्रै शङ्खध्वनी निकाल्न सम्भव भएको थापाको भनाइ छ । “यसको संरक्षण र प्रचारका लागि पछिल्लो समय केही पर्यटकीय पूर्वाधार र काम थालिएको छ”, थापाले भने “यहाँका युवा यसको प्रर्वद्धनमा लागेका छन्, केही बजेटमा पूर्वाधारको काम भएको छ, पहरा अक्करे भीरमा रहेकाले रेलिङसहितको पदमार्ग आवश्यक छ, अहिले बाटो मात्रै पु¥याएका छौँ ।”
गत वर्ष रिठठेडाँडामा पर्यटकीय उद्यानको काम थालिएको छ । पोखरामा प्याराग्लाईडिङ गराउने युवा टेकबहादुर थापाले आफ्नो ठाउँको विकासका लागि प्रयास गरेको हो । उनले थालेको प्रयासमा स्थानीयवासीले साथ दिएपछि यो पहरा एकाएक चर्चामा आउन थालेको हो । पर्यटन व्यवसायी तथा प्याराग्लाइडर टेकबहादुरकै अध्यक्षतामा रिठठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समिति गठन गरेर पहराको संरक्षण र अन्य पूर्वाधार निर्माणको काम गत वर्षदेखि थालिएको हो । पछिल्लो समय पहराबाट शङ्खकोध्वनी कसरी निस्किँदो रहेछ भन्ने जिज्ञासाका साथ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । थापाले भन्नुभयो “पहराबाट शङ्खको आवाज निस्कनु अनाँैठो भएकाले त्यसको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक ठानेर आगुवाइ गरेको थिएँ, अहिले केही मिडियाकरण भएपछि पहरा चर्चामा आउन थालेको छ ।”
पहरा छेउमा विभिन्न देवताका आकृति देख्न सकिन्छ । पहरा एकदमै डरलाग्दो भीर भएका कारण पदमार्गसँगै तारबार गर्नुपर्ने देखिन्छ । गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त रु नौ लाख बजेटबाट रिठठेडाँडामा घेराबार गरिएको छ । पदमार्ग र पोखरी ढलान तथा उद्यान निर्माणको काम पनि अगाडि बढेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालयको रु चार लाख ५० हजार बजेटबाट चौतारो संरक्षण र उद्यान निर्माण गरिएको छ । त्यस क्षेत्रमा अन्य भौतिक पूर्वाधार निर्माणको काम पनि थालिएको भए पनि पछिल्लो समय बजेट अभाव भएको छ ।
नगरपालिकाको पर्यटकीय क्षेत्रको रुपमा नजर परेकाले त्यसका विकासका लागि नगरपालिकाले ध्यान दिने जैमिनी नगर उपप्रमुख हरिहर शर्माले बताए । उनले जैमिनी नगरभित्रका यो पहरा जस्ता अन्य पर्यटनको सम्भावना बोकेका क्षेत्रलाई समेटेर एकमुष्ट विकास गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए
मंसिर १६, २०८१ आइतबार
११ महिनामा १० लाख ५५ हजार बढी पर्यटकले नेपाल भ्रमण गरे, ११ हजार अमेरिकन आए
मंसिर १६, २०८१ आइतबार
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार