बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_m1GUFTIt76.jpeg
)
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार २२:४२:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/jamkattel-1_ELWtekM6BB.jpg)
३ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा मत विभाजनबाट उनले विश्वासको मत लिएका हुन् । प्रदेश सभामा रहेका कूल ११० जना सदस्यमध्ये उनले १०५ सदस्यको मत पाएका छन् । मतदानमा भने १०९ सदस्य मात्र सहभागी थिए ।
बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराएका छन्।
मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिएका हुन् ।
नेपाल मजदुर किसान पार्टी (नेमिकपा)का सांसदहरूले जम्कट्टेललाई मत दिएनन् । नेमकिपासँग ३ सांसद छन् ।
जम्केट्टेलाई विश्वास मत दिएको नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेसका श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, शान्ता ढकाल र क्षेत्रबहादुर बम्जन लगायत ६ सांसदले भने विश्वासको मत दिन नहुने पक्षमा उभिँदै आएपनि पार्टीको ह्वीपलाई उछिन्न सकेनन् ।
नेकपा )माओवादी केन्द्र)का संसदीय दल नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाः विधेयक छलफलका लागि समितिमा पठाइयो
माघ २६, २०८१ शनिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभाको बैठक : चार विधेयक प्रस्तुत
माघ २३, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
तपाइलाई किन कारबाही नगर्ने भन्दै सर्वोच्च अदालतले प्रधानमन्त्रीसँग माग्यो लिखित जवाफ
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार