लामो समयदेखि पर्वतका सामुदायिक क्याम्पस आर्थिक समस्यामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार १६:५२:३१
![](https://nepalbahas.prixacdn.net/media/albums/campus-e1674019347941_bA6jadInXc.jpeg)
♦ लक्ष्मीप्रसाद सापकोटा
४ माघ, पर्वत । एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक संकटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु, शिक्षक तथा कर्मचारीको सेवा शुल्क बढ्दै जानुजस्ता कारणले क्याम्पस धरासायी बन्दै गएका हुन् ।
फलेबास नगरपालिका–६ देवीस्थानस्थित जिल्लाकै पुरानो पर्वत बहुमुखी क्याम्पस यतिबेला करिब रु डेढ करोड ऋणको भारी बोकेर जीर्ण संरचनासहित सञ्चालनमा छ । विसं २०४१ मा स्थापना भएको उक्त क्याम्पस सञ्चालन गर्न स्थानीय अगुवाले जति सङ्घर्ष गरे त्यसपछिका दिनमा समेत उक्त क्याम्पसको आर्थिक तथा पूर्वाधारको अवस्थामा सुधार हुन नसक्दा समस्या भएको हो ।
सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको अवस्था पनि उस्तै छ । विसं २०४८ मा स्थापना भएको सो क्याम्पसलाई अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले आङ्गिक क्याम्पसको अनुमति दिएको छैन । विश्वविद्यालय अनुदान कार्यक्रममार्फत बर्सेनि रु १३ लाख हाराहारी आउने रकमले दुई प्राध्यापकलाई पारिश्रमिक दिन मुस्किल भएको छ । पूर्णकालीन र आंशिक गरी २७ प्राध्यापक, कर्मचारी पाल्न धौधौ भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताए ।
ग्रामीण क्षेत्रमा सञ्चालित शङ्करपोखरी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस, बहाकी क्याम्पस, जनता सुदर्शन, अन्नपूर्ण, नवजागृत, महाशिला बहुमुखी क्याम्पसलगायतमा अपेक्षित सङ्ख्यामा विद्यार्थी नहुँदा आर्थिक सङ्कट बढ्दै गएको हो । सबैजसो क्याम्पसले विज्ञानबाहेक शिक्षा, मानविकी र व्यवस्थापन विषयमा पठनपाठन गराउँदै आएका छन् । कुश्माको गुप्तेश्वरबाहेकका क्याम्पसमा स्नातक तहको मात्रै पढाइ हुन्छ । गुप्तेश्वरले गत वर्षदेखि व्यवस्थापन सङ्कायमा स्नातकोत्तरको पढाइ सुरु गरेको छ ।
शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा ग्रामीण क्षेत्रमा अध्ययन गर्नेमा अधिकांश गृहिणी, छोरीबुहारीमात्रै छन् । युवा कक्षा १२ पढेपछि विदेश जाने चलन बढेपछि गाउँमा अधिकांश छोरी–बुहारीले मात्र पढ्दै आएको शङ्करपोखरी बहुमुखी क्याम्पसका प्रमुख गोविन्दप्रसाद शर्माले बताए ।
सदरमुकामकै क्याम्पसमा पनि छात्रा विद्यार्थीको बाहुल्य छ । “सबैजसो सङ्कायमा ८० प्रतिशत छात्रा र २० प्रतिशत छात्र छन्, स्नातकदेखि माथि अध्ययन गर्ने छात्र निकै कम छन् । जिल्लाभरका क्याम्पसको परीक्षा सञ्चालन हुने गुप्तेश्वर क्याम्पसमा उपस्थित परीक्षार्थीमध्ये १० देखि १५ प्रतिशत मात्रै छात्र उपस्थिति हुने गरेका गुप्तेश्वर क्याम्पसका प्रमुख सुभास पन्तले बताए ।
न्यून विद्यार्थी सङ्ख्या, जीर्ण पूर्वाधार, अर्थाभावलगायत कारणले सामुदायिक क्याम्पसको अवस्था दयनीय छ । न्यूनतम पारिश्रमिकमा अध्यापन गराउनुपर्ने बाध्यता र त्यसमाथि पनि अर्थाभावका कारण प्राध्यापकले समयमा पारिश्रमिक पाउनसमेत मुस्किल छ । फलेवास नगरपालिकाले विगत तीन वर्षदेखि नै पालिकाभित्रका क्याम्पसलाई आर्थिक सहयोग गर्दै आएको छ । फलेवासले पर्वत क्याम्पसलाई दुई प्राध्यापकको पूर्णकालीन तथा शङ्करपोखरी र अन्नपूर्ण क्याम्पसलाई एक–एक प्राध्यापकको पारिश्रमिक बराबरको अनुदान दिँदै आएको नगरप्रमुख गङ्गाधर तिवारीले बताए ।
कुश्मा नगरभित्रका क्याम्पसले पनि अनुदान माग गरेका छन् । गुप्तेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले स्नातकोत्तर तहको पढाइ हुने क्याम्पसका प्राध्यापकलाई समयमा पारिश्रमिक भुक्तानी गर्न नसक्दा हिनतावोध हुने गरेको बताए । सञ्चालक समितिले कुश्मा नगरपालिकालाई आर्थिक सहायताका लागि पटक–पटक माग गरे पनि नगरपालिकाले स्थानीय सामुदायिक क्याम्पसको शैक्षिक विकासका लागि ध्यान नदिएको उनको गुनासो छ ।
कुश्मा नगरप्रमुख रामचन्द्र जोशीले स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले क्याम्पसलाई सहयोग गर्न समस्या भएको बताए । कार्यपालिकामा निर्णय गरेर सहयोग गर्नलाई भने कानुनी उल्झन नहुने उहाँको भनाइ छ । ग्रामीण क्षेत्रका क्याम्पसमा बढीमा एक सयदेखि डेढ सयसम्म विद्यार्थी पढ्छन् । आम्दानीको मुख्य स्रोत विद्यार्थी नै हुन् । विद्यार्थीबाट एउटा क्याम्पसले बर्सेनि रु १२ लाखदेखि रु २० लाख हाराहारीमा रकम सङ्कलन हुने गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार