कञ्चनपुरमा सवारी साधन जाँचमा कडाइ
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार १९:९:०
४ माघ, बेदकोट । ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारीसाधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए ।
“पछिल्लो समय ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना बढ्दो छ, हामीले सडकमा चल्ने सवारी साधनको जाँचमा कडाइ गरेका छौँ”, उनले भने, “ट्राफिक नियम पालना गर्न लापरबाही गर्दा दुर्घटना बढिरहेका छन् ।” उनका अनुसार दैनिक चार÷पाँच पटक पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत विभिन्न सडकमा ट्राफिक जाँच गर्ने गरिएको छ । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई जरिवाना भराउनाका साथै सचेत गर्ने गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।
“ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व सङ्कलनमा पनि बढोत्तरी भएको छ”, उनले भने, “मादक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायतजाँच गर्ने गरिन्छ ।” ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने फेला पर्ने गरेका छन् । सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।
“नम्बर प्लेटमा राख्ने गरिएको झन्डाले नम्बर सानो देखिने भयो, टाढाबाट पनि स्पष्ट देखिएन”, उनले भने, “त्यसैले झन्डा हटाएर प्लेटमा नम्बर मात्रै लेख्न लगाउने गरेका छौँ ।” जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सडक दुर्घटना बढ्दो क्रममा छ । पछिल्लो दुई वर्षमा कञ्चनपुरमा एक सय ९० सवारी दुर्घटनाका घटना भएका छन् । त्यसमा ६८ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा ९३ र आव २०७८/७९ मा ९७ सडक दुर्घटना भएका थिए । चालू आव २०७९/८० को अहिलेसम्म ३३ दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर आव २०७७/७८ मा ३५ र २०७८/७९ मा ३३ जनाको मृत्यु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार