चलचित्रकर्मी कल्याण कोषमा उदित-दीपाको पाँच लाख सहयोग
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार २०:३२:२४
४ माघ, काठमाडौं । प्रसिद्द नेपाली तथा बलिउड गायक-गायिका दम्पती उदितनारायण झा र दीपा नारायण झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय एघार प्रदान गरेका छन ।
आफ्नो कार्यक्रमको शिलशिलामा नेपाल आएको बखत पारी गायिका झाले मंगलबार उक्त रकम नेपाली चलचित्रकर्मीको हितमा काम गर्ने कोषमा हस्तान्तरण गरेका हुन । झासँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाले जनही १ लाख १ सय एघार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १ सय एघार र चलचित्रकर्मी महिला सशक्तिकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १ सय एघार कोषमा प्रदान गरेका छन ।
नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा कार्यरत चलचित्रकर्मी गम्भिर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ बर्ष अघि कोष स्थापना भएको थियो । कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको कोषकी संयोजक बसुन्धरा भुषालले बताउनुभयो । यसको लक्ष्य १० करोडको रहेको उनले जानकारी दिए ।
मंगलबार चलचित्र विकास बोर्डमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम प्रदान गर्ने चलचित्रकर्मीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहयोग प्रदान गर्ने दीपा झा, दीपकराज गिरी, दीपा श्री निरौला र गीता नेपालको उपस्थिती थियो । साथै, चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, राजकुमार राई सहित नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, चलचित्रकर्मी माधव राज खरेल, गोपाल ढकाल छन्दे लगायत उपस्थित थिए ।
कार्यक्रममा कोषकी संयोजक भुषालले झा दम्पती सहित नेपाली चलचित्रकर्मीहरुले प्रदान गरेको रकम लाखमा भएपनि यसले करोडौँको मुल्य राख्ने बताए । उनले सामुहिक हितको लागि कोषको प्रयोग हुँदै आईरहेको बताउँदै यस प्रकारका सहयोगले नै कोषको लक्ष्य पुरा हुने धारणा व्यक्त गरे ।
त्यस्तै, गायिका झाले आफ्नो जीवनकालको महत्वपूर्ण समय दिएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताए। आफुले नेपाली चलचित्रका गीतहरुबाट नै उचाई प्राप्त गरेको स्मरण गर्दै धन्यवाद व्यक्त गरे । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै आफु नतमस्तक भएको बताए । उनले आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा राखेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार