कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिएपछि देउवाले थाले छलफल
नेपालबहस संवाददाता
माघ ४, २०७९ बुधबार २१:५९:३२
४ माघ, काठमाडौं । नेपाली कांग्रेसबाट सभामुख पदका लागि ईश्वरी न्यौपानेले उमेदवारी दर्ता गरेपछि पार्टी सभापति शेरबहादुर देउवाले सरकारबाहिर रहेका दलसँग छलफल सुरु गरेका छन् । सभामुख चयनका लागि हुने निर्वाचन लगायत विषयमा छलफल गर्न कांग्रेसका सभापति देउवासहित विपक्षी दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा बसेको छ ।
बैठकमा देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगयत उपस्थित रहेको बताइएको छ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतका नेताहरू पनि बैठकमा सहभागी थिए ।
संसद्मा हुने सभामुख निर्वाचनका लागि नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई उठाएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखका लागि न्यौपानेलाई अघि सार्ने निर्णय गरेपछि उनले उम्मेदवारी दिएकी हुन् । यसपछि कांग्रेसले अन्य विपक्षी दलहरूलाई पनि न्यौपानेलाई मतदान गर्नका लागि सहमति जुटाउने प्रयासस्वरुप विपक्षी दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएको हो ।
कांग्रेसले सभामुखमा आफ्नो उम्मेदवार उठाउने र उपसभामुखमा सरकारमा सहभागी नभएका कुनै दलका उम्मेदवारलाई समर्थन गर्ने तयारी गरेको छ । सरकारमा सहभागी नभएका दलहरुलाई बैठकमा बोलाएको र उनीहरुको छलफलबाट उपसभामुखको उम्मेदवार तय गर्ने कांग्रेसका एक नेताले जानकारी दिए ।
कांग्रेसले सरकारमा सहभागी नभएको दलहरूको गठबन्धन बनाउने प्रयास गरिरहेको छ । १२ सांसद रहेको जसपालाई पनि आफ्नो कित्तामा उभ्याउने प्रयास कांग्रेसको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा ती दलका नेताबीच भएको छलफलपश्चात् जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले सभामुखमा कसलाई मतदान गर्ने भन्ने निर्णय गरिनसकेको बताए । छलफल गर्ने र उपयुक्त समयमा निर्णय लिने उनको भनाइ छ । छलफल भोली पनि हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार