माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने
नेपालबहस संवाददाता
माघ ४, २०७९ बिहिबार ३:३७:५६
४ माघ, एजेन्सी । माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ ।
मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो । अमेरिकी प्रविधि क्षेत्रमा रोजगारीको यो पछिल्लो कटौती हुनेछ । अमेजन डट कम, ओ प्लस एसलगायत कम्पनीहरूले सुस्त माग र बिग्रँदो विश्वव्यापी आर्थिक दृष्टिकोणको प्रतिक्रियास्वरूप कटौती अभ्यासको घोषणा गरेका हुन् ।
सन् २०२२ को जुन ३० सम्ममा कम्पनीमा दुई लाख २१ हजार पूर्णकालिक कर्मचारीहरू थिए, जसमा संयुक्त राज्य अमेरिकामा एक लाख २२ हजार र १,२२,००० र अन्तर्राष्ट्रिय स्तरमा बाँकी ९९ हजार कर्मचारी रहेका थिए ।
व्यक्तिगत कम्प्युटर बजारमा आएको मन्दीले विन्डोज र उपकरणहरूको बिक्रीमा असर पारेपछि माइक्रोसफ्टले आफ्नो क्लाउड युनिट ‘एजुयर’मा वृद्धि दर कायम राख्न दबाब दिइरहेको रोयटर्सले जनाएको छ ।
गत वर्षको जुलाईमा उसले थोरै सङ्ख्यामा रहेका भूमिकाहरू हटाइएको बताएको थियो। गत अक्टोबरमा समाचार साइट एक्जिओसले माइक्रोसफ्टले विभिन्न विभागका करिब एक हजार कर्मचारीलाई जागिरबाट निकालेको जनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
आईटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ
कात्तिक २९, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार