कोभिड–१९ अस्पताल रुपान्तरणपछि चौबीसै घण्टा स्वास्थ्य सेवा
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १७:५१:२४
५ माघ, खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन् ।
कोरोना महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड–१९ अस्पताललाई पाँच शय्याको बनाएर निरन्तरता दिइएको थियो । गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा सञ्चालित अस्पताललाई रुपान्तरण गरेर चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिए ।
“अस्पतालमा आपतकालीन, ओपिडी, प्रसूति, भिडियो एक्स–रे, इसिजीलगायत सेवा चौबीसै घण्टा उपलब्ध गराउने गरिएको छ”, उनले भने । अस्पतालमा एक चिकित्सकसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । गाउँपालिकाको लगानीमा सञ्चालित सो अस्पतालमा गर्भवतीको भिडियो एक्स–रे र रगत जाँच निःशुल्क गरिनुका साथै ज्येष्ठ नागरिकलाई पनि भिडियो एक्स–रे सेवामा छुट दिइन्छ ।
अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा मनोजकुमार साहले बताए। कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनलाई अस्थायी कोभिड–१९ अस्पतालका रुपमा स्थापना गरिएको थियो । कोरोना सङ्क्रमण सामान्य भएसँगै अन्य कोभिड अस्पताल बन्द गरिए पनि रावाबेँसी गाउँपालिकाले भने अस्पतालमा रुपान्तरण गरेको हो ।
हरमटारमा सञ्चालित अस्पतालबाट रावाबेँसीको सबै वडा तथा छिमेकी गाउँपालिका ऐसेलुखर्कका केही वडाका बासिन्दाले स्वास्थ्य सेवा लिइरहेका छन् । अस्पतालको फार्मेसीबाट अधिकतम औषधि निःशुल्क उपलब्ध गराउने गरिएको गाउँपालिकाले जनाएको छ । अस्पतालका लागि आवश्यक पर्ने एक थान एक्सरे मेसिनसमेत ल्याएर आसपासका स्वास्थ्यचौकीबाट रेफर भएका बिरामीको उपचारलाई निरन्तरता दिने गरिएको छ । शल्यक्रिया गर्नुपर्ने जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने गरिएको डा. साहले बताए ।
डा. साह, ल्याब टेक्नेसियन उमेशकुमार साह, नर्स सिर्जना तामाङ र कार्यालय सहयोगी सुरेन्द्र भुजेललाई गाउँपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधाको व्यवस्था गरेको छ । स्वास्थ्य सहायक भोजराज अधिकारी र अनमी बिनाकुमारी साहलाई काजमा खटाइएको छ । रावाबेँसी–२ खार्पामा १५ श्ययाको अस्पताल बनिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
चाडपर्वले राष्ट्रिय एकतालाई बलियोसँग जोड्ने काम गरेको छ : पूर्ण बस्नेत
कात्तिक १६, २०८१ शुक्रबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल पर्यटन बोर्डमा पहिलोपटक सेलरोटी पकवान प्रतियोगिता
कात्तिक १६, २०८१ शुक्रबार
रामपुरमा नेवाः समाजको सांस्कृतिक सङ्ग्रहालय बन्दै
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार