सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक जारी
नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १८:२:१
५ माघ, काठमाडौं । सभामुख चयनका लागि प्रतिनिधिसभा बैठक जारी छ । बिहान ११ बजे बैठकमा सभामुख चयनसम्बन्धी प्रक्रिया अघिसँगै बैठक चलिरहेको छ । बैठकमा उम्मेदवारहरुले पदका लागि प्रस्ताव राखेका छन् ।
बैठकमा सभामुखका उम्मेदवारद्वय एमालेका देवराज घिमिरे र कांग्रेसकी ईश्वरी देवी न्यौपानेका प्रस्तावक र समर्थकहरुले धारणा राख्ने क्रम चलिरहेको छ । बैठक सभाका ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपति शमसेर जबराले गरिरहेका छन् ।
एमालेका सांसद घिमिरेलाई एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलहरूको साथ छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ जना सांसद छन् । सत्ता साझेदार अन्य दलहरूले पनि घिमिरेलाई साथ दिने सम्भावना छ ।
प्रतिनिधि सभामा कांग्रेसका ८९ सांसद भए पनि ८८ जनाले मात्र मतदान गर्न पाउँछन् । नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन् । जसपा पनि समर्थनमा आएमा उसको १२ जना सांसद छन् भने लोसपाको ४ जना सांसद छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार