प्रधानमन्त्रीलाई ओलीको पिँंजडाबाट मुक्त गराउन विश्वासको मत दिएका हौँः महामन्त्री शर्मा

नेपालबहस संवाददाता
माघ ५, २०७९ बिहिबार १८:३३:४५

५ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएकाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् । महामन्त्री शर्माले प्रधानमन्त्रीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिंजडामा राख्न खोजेको टिप्पणी गरेका छन् ।
संसदको बिहीबार बसेको बैठकमा ईश्वरी न्यौपानेलाई सभामुख बनाउने प्रस्ताव राख्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापेको भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका हुन् ।
‘हामीले ढोक्सा थापेका छैनौं, माछालाई जालमा पार्न कुनै योजना छैन,’ उनले भने, ‘तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले समर्थन गर्ने भएपछि विश्वासको मत लिने दिन ओलीले कांग्रेसले ढोक्सा र जाल थापेको आरोप लगाएका थिए ।
‘आफू प्रधानमन्त्री भएको बेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउँभन्दा संविधानले नचिनेको संयन्त्र नबनाउने भन्ने, अनि सँगैको मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको हो ।’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइ उद्ध्रृत गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेसले ‘ढोक्सा थाप्न खोजेको’ भनेको भन्दै उनले आफ्नो पार्टीले ढोक्सा थाप्न खोजेका नभई प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको बताए । ‘सदनमा प्रधानमन्त्रीलाई काम गर्नका लागि बलियो आधार बनोस् भनेर विश्वासको मत दिनु ढोक्सा थाप्नु होइन । बरु, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पनि प्रश्न उठाउनु र ढोक्सा थापियो भन्नु प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास हो ।’
उनले प्रधानमन्त्रीलाई पिँजडमा राख्न खोज्नु गलत भएको बताए । ‘हिजो आफू प्रधानमन्त्री हुँदा उच्चस्तरीय राजनरीतिक संयन्त्रलाई संविधानले नचिनेको निकाय बन्दैन भन्ने केपी शर्मा ओली आज पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा संयन्त्रको संयोजक बन्नुभएको छ,’ शर्माले भने, आफू हुँदा एउटा कुरा गर्ने र अरू प्रधानमन्त्री हुँदा आफैँले गलत भनेका काम गर्ने कुरा स्वाभाविक छैन । त्यसमा पनि विश्वासको मत दिनेमाथिका टिप्पणीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको पुष्टि हुन्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
विद्युतीय व्यापार (इ–कमर्श) विधेयक पारित
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार